स्वास्थ्य स्वयसेबिकालाई सम्मान।

बबिता रिजाल, मंसिर १९ प्युठान ।

२० औ महिला सामुदायिक स्वयंसेबिका दिवसको अवसरमा स्वर्गद्वारी नगरपालिका ५ सारीले उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।

आज आईतबार एक कार्यक्रमका विच सामाजिक क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भुमीकालाई कदर गर्दै कार्य सम्पादनको आधारमा महिला स्वास्थ्य स्वयंसेविका लुमा गोराथोकी लाई पुरस्कार सहित सम्मान गर्नुका साथै वडा नम्बर ५ अन्तर्गतका सबै स्वयंसेविकाहरुलाई सम्मान सहित मोबाईल फोन वितरण गरिएको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनुभयो । यस्तै सोही कार्यक्रममा सारी स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र स्यानिलेख लाई २\२ वटा अक्सिजन कन्सलटेटर पनि हस्तान्तरण गरि गरिएको उहाँले बताउनुभयो ।

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा सारी स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य सारदा बुढाथोकी , वडा सदस्यहरु अम्विका सुनार , शहदेव राउत , समाजसेवी गंगाराम बुढाथोकी , साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने सारी स्वास्थ्य चौकीका प्रमुख केशव भण्डारीले गर्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।