बस भित्रै एक जना यात्रुकाे मृत्यु
पाैष १८ प्युठान
प्युठानमा बस भित्रै एकजना यात्रुको ज्यान गएको छ।
जिल्लाको चेरनेटाबाट भालुवाङ जाँदै गरेको लु१ख ६१५३ नम्बरको बसमा यात्रा गरिरहेका ऐरावती गाउपालिका -५,सराङकोट बस्ने ४८ बर्षिय नारायण खत्रीको मृत्यु भएको हो।
उनी आफन्तहरुसंग भारतमा नोकरी गर्न जान लागेका थिए।
बस चलिरहेको बेला बड्डाडा नजिक पुगेपछि एक्कासी बिहोस भएका खत्रीलाई प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको थियो। प्रेसरका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनायो।