अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागी माध्यामिक तहका प्रधानध्यापकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागी माध्यामिक तहका प्रधानध्यापकहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अर्न्तरगत, आज मिति २०८०/०९/१९ गते जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानको आयोजना, जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्य तथा नेपाल जेसुईट सामाजिक संस्था (NJSI)को प्राविधिक सहयोगमा २ दिने “अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागी माध्यामिक तहका प्रधानध्यापकहरुसंग अन्तरक्रिया कार्यक्रम” जिल्ला प्रहरी कार्यालय प्यूठानको तालिम हलमा शिक्षा कार्यालयका कार्यालय प्रमुख शिवराज पण्डितको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा समुद्‍घाटन भयो । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले शिक्षक/प्रधानध्यापकहरुले अपराधको उजागर गर्ने र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउनुका साथै समाजमा हुने अपराध कार्य सम्बन्धी जानकारी प्रहरीलाई उपलब्ध गराई कानुन कार्यन्वयनमा सहयोग पुर्‍याउनु र गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवसायिक क्षमता विकासमा जोड दिनुपर्ने कुरा व्यक्त गर्नु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय प्यूठान कार्यालय प्रमुख प्र.ना.उ. इश्‍वर थापाले जिल्लामा अपराधको रोकथामका लागि सूचना प्रवाह र अनुसन्धान समेतमा प्रधानध्यापकहरुले विशेष जिम्मेवारी र कर्तव्य निर्वाहागरी प्रहरीलाई सहयोग पुर्‍याउन अनुरोध गर्नुभयो । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका कार्यालय प्रमुख शिवराज पण्डितले शैक्षिक गुणस्तरमा वृद्धीका साथै सुरक्षित समाज निमार्णमा समेत प्रधानध्यापकहरुले रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उक्त कार्यक्रममा प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिका अन्तरगतका २७ वटा बिद्यालयका प्रधानध्यापकहरु, St Xavier school Jawalakhal Principle Fr Samual Simick, नेपाल जेसुईट सामाजिक संस्था (NJSI)का निर्देशक Fr. Roy Sebastian र स्थानीय संचारकर्मीहरुको समेतका उपस्थिति रहेको थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।