अमर प्रा बि लाई प्राबिधिक शैक्षिक सामाग्रि हस्तान्तरण

अमर प्रा बि लाई प्राबिधिक शैक्षिक सामाग्रि हस्तान्तरण
पाैष १९ प्युठान
सघर्ष मिडिया प्रालिका संचालक बिमल प्रसाद पाेख्रेलकाे पहलमा नेपाल जेसुईट सामाजिक संथाले झिमरुक गाउपालिकाे दुर्गम बस्तिमा रहेकाे एक सामुदायिक बिधालयमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्रि जडान गरेकाे छ।
आज एक कार्यक्रमका बिच झिमरुक गाउपालिका वडा एककै दुर्गम बस्तिमा रहेकाे श्री अमर प्रा बि वालुवामा सामाग्रि हस्तान्तरण गरि जडान गरिएकाे हाे।
जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाकाे सहकार्यमा नेपाल जेसुईट सामाजिक संथाले पाेख्रेलकाे पहलमा झिमरुककाे दुर्गम क्षेत्रमा रहेकाे अमर प्राथमिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई प्रबिधिसंग जाेड्न र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रबिधि जडान गरेकाे संथाका फिल्ड काेडिनेटर कमल श्रेष्ठले बताउदै सामाग्री वडा अध्यक्ष खनाल र प्रमुख अतिथि बिसलाई हस्तान्तरण गर्नु भएकाे हाे।

संस्थाले उपलब्ध गराएकाे ५५ ईन्चकाे स्मार्ट टेलिभिजन ,ट्यापलेट,वाईफाई लगाएतका सामाग्रि बुझ्दै वडा अध्यक्ष ताथा कार्यक्रमका अध्यक्ष धुर्बराज खनालले अहिलेकाे टेक्नोलोजी अनुसार बालबालिकालाई प्रबिधि संग जाेड्न शिक्षकहरुलाई प्राबिधिक शिक्षा संबधी तालिमकाे आबश्यक रहेकाे हुदा संथाले सामाग्री जडान संगै तालिम दिनुपर्ने बताउनु भएकाे छ।

कक्षा नर्सरी देखि पाच सम्म संचालन भएकाे उक्त बिधालयमा कक्षाकाेठा प्रयाप्त नहुदा बिधार्थिलाई पठनपाठनमा असहज भएकाे खनालले बताउनु भयाे। कार्यक्रमका प्रमुख अतिथि झिमरुक गाउपालिका शिक्षा शाखा प्रमुख माेहन बि सिले संस्थालाई धन्यवाद दिदै अभिभावकहरुलाई बिलासि सामाग्री र घर घडेरीमा लगानी नगरी प्रमुख सम्पति भनेकै बालबालिका हुन आफ्ना छाेराछाेरीकाे पढाईमा लगानि गर्याै भने उनिहरुले ठुलाे प्रगति गर्नेछन त्यहि नै देशकै लागि भाेलिकाे सम्पति हुनेछ बि सिले भन्नुभयाे।

संघर्ष मिडियाका अध्यक्ष बिमल प्रसाद पाेख्रेलले संचालन गरेकाे कार्यक्रम बाेल्दै वडा सदस्य शंकर पाेख्रेल,शिक्षक अभिभाबक संघका अध्यक्ष थमन सिङ पुनमगर,प्र अ माया पन्थि लगाएतले धन्यवाद दिनुभएकाे थियाे। कार्यक्रममा ईलाका प्रहरी कार्यलय मच्छिका प्रमुख गंगाधर केशि,बिधालयका सम्पुर्ण अभिभाबक बिधार्थिहरुकाे उपस्थित रहेकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।