ऐरावतिकाे बालशिक्षा आधारभुत बिधालय लाई प्राबिधिक शैक्षिक सामाग्रि

ऐरावतिकाे बालशिक्षा आधारभुत बिधालय लाई प्राबिधिक शैक्षिक सामाग्रि
पाैष २० प्युठान
सघर्ष मिडिया प्रालिका संचालक बिमल प्रसाद पाेख्रेलकाे पहलमा नेपाल जेसुईट सामाजिक संथाले ऐरावति गाउपालिकाे दुर्गम बस्तिमा रहेकाे एक सामुदायिक बिधालयमा ग्रामिण शैक्षिक शुधार कार्यक्रम अन्तरगत प्राबिधिक शैक्षिक सामाग्रि जडान गरेकाे छ।
आज एक कार्यक्रमका बिचऐरावति गाउपालिका वडा एककै दुर्गम बस्तिमा रहेकाे श्री बाल शिक्षा आधारभुत बिधालय मान्द्रे शकणतिचाैरमा सामाग्रि हस्तान्तरण गरि जडान गरिएकाे हाे।
जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाकाे सहकार्यमा नेपाल जेसुईट सामाजिक संथाले प्युठानका दुर्गम क्षेत्रमा रहेका सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाई प्रबिधिसंग जाेड्न र शिक्षण सिकाईलाई प्रभावकारी बनाउन प्रबिधि जडान गरेकाे संथाका फिल्ड काेडिनेटर कमल श्रेष्ठले बताउनु भयाे।
संस्थाले उपलब्ध गराएकाे ५५ ईन्चकाे स्मार्ट टेलिभिजन ,ट्यापलेट,वाईफाई लगाएतका सामाग्रि बुझ्दै वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अमर रेश्मि मगरले अहिलेकाे टेक्नोलोजी अनुसार बालबालिकालाई प्रबिधि संग जाेड्न संथाले गरेकाे सहयाेग प्रति धन्यवाद दिनुभयाे।

मगरले अभिभावकहरुलाई बिलासि सामाग्री र घर घडेरीमा लगानी नगरी प्रमुख सम्पति भनेकै बालबालिका हुन आफ्ना छाेराछाेरीकाे पढाईमा लगानि गर्याै भने उनिहरुले ठुलाे प्रगति गर्नेछन त्यहि नै देशकै लागि भाेलिकाे सम्पति हुनेछ मगरले भन्नुभयाे।
कार्यक्रममा ऐरावतिका शिक्षा स्राेत ब्यक्ति ,निबर्तमान जिल्ला सम्वनयका उपप्रमुख,दाङबाङ प्रहरी चाैकिका प्रमुख लगाएतले धन्यवाद मन्तब्य दिएका थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।