देवीस्थानमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा


प्युठान। माण्डवी गाउँपालिका–३ देवीस्थान गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा आएको छ । शनिवार २ः२० बजेदेखि सुरु भएको आगलागी आईतबार बिहान १० बजेपछि नियन्त्रणमा आएको हो ।
आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा सहित प्रहरी अधिकारीहरु, जनप्रतिनिधि, नेपाल आर्मी र स्थानीयहरु खटिएका थिए ।
गंगागम रोजिन एण्ड टर्पेन्टाइनको गोदाममा शनिबार दिउसो २ः२० बजेतिर आगलागी भएको थियो । आगलागी हुँदा ६ हजार ५ सय ३० डिब्बा (टिनको भाडा) खोटो संकलन गरेको कच्चा पदार्थ खोटो जलेर नष्ट भएका करिब १ करोड १३ लाख बराबरको क्षति भएको  गंगागम रोजिन एण्ड टर्पेन्टाइन कमर्चारी भुवन सिङ बस्नेतले बताए ।
त्यसै गरी आज बिहानै देखि अस्थाई प्रहरी पोष्ट जस्पुर र गंगागम रोजिन एण्ड टर्पेन्टाइन कम्पनीको सहयोगमा जिल्ला प्रहरी कार्यालय प्युठानको सहयोगमा जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वय दुई वटा जेसिबीबाट आगो नियन्त्रणमा ल्याएको हो ।
 जेसिबी चालकलाई सम्मान


गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो २० घण्टा पछि नियन्त्रणमा आएपछि जिल्ला प्रहरी कार्यालय प्यठानले दुई चालकलाई सम्मान गरेको हो । जेसिबी चालक छत्रकोट गाउँपालिका–८ बिष्णु कुमाल र बंगलाचुली गाउँपालिका–८ का चालक सोनु परिवार र माण्डवी गाउँपालिका–३ जेसिबी सहचालक डिगम ठेगी मगरलाई सम्मान गरेको हो । जोखिम मोलेर चालकले आगो नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख इश्वर थापाले बताए । उनले भने–‘हेर्दा सामान्य लागेपनि यति ठुलो जोखिम मोलेर चालकहरुले आगो नियन्त्रण लिए ।” उहाँहरुको मनोभावना बृदी होस भन्ने उदेश्यले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख थापाले बताए । आगलागिबाट क्षतिको विवरण संकलन गर्नेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानको प्रमुख इश्वर थापाले जानकारी दिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।