माडिमा माछा मार्दा जालमा पर्याे गिर्नेट बम

संघर्ष मिडिया ब्युराे

जेठ २५ प्युठान

प्युठानकाे मान्डबि गाउपालिका तीन लामाचाैर स्याउलिघारी नजिकै गिर्नेट बम फेला परेकाे छ।
माडि खाेलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ जस्तै देखिने गिर्नेट बम फेला परेकाे हाे।


माछा मार्न गएका १५ बर्षिय शेखर पुन मगरले खेलाैना मानि झुन्डाऊदै गाउतिर लगेकाे देखेपछि गाउलेहरुले संकास्पद मानि प्रहरीलाई खबर गर्दा उक्त बस्तु बिस्फोटक प्रदार्थ गिर्नेट बम रहेकाे अस्थाई प्रहरी पाेष्ट लामाचाैरका प्रहरी साहेक निरिक्षक बलमानराना जानकारी दिनु भयाे।
गिर्नेट स्याउलिघारी गाउकाे बाटाेमा राखिएकाे थियाे नेपाली सेना घटना स्थलमा पुगि उक्त गिर्नेट नेपाली सेनाले नियन्त्रणमा लिएकाे छ गिर्नेट जेठ २६ गते डिस्पोजल गरिने श्री बर्द बहादुर गण प्युठानका गणपति रमेश थापाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।