महिलाहरुका लागि शारङ्गि बजाउने तालिम सम्पन्न

जेेठ २५ प्युठान

संघर्ष मिडिया ब्युराे

सारङगीकाे माध्यमवाट कला र गलाकाे प्रयाेग गरी नेपाली लाेकसंस्कृतिलाई विश्व भर फैलाउन र देशकाे पहिचान राख्न साथै संस्कृतिलाई लाेप हुनवाट वचाउन महत्त्वपूर्ण भुमिका खेलेकाे गन्धर्व जातीका महिलाहरूका लागि सशक्तीकरण गर्न सारङ्गि बजाउने तालिम आयाेजना गरिएकाे थियाे।


नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकाे सहकार्यमा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानकाे आयाेजनामा यहि जेठ १४गते देखि २५ गते सम्म ऐरावती गाउपालिका ५ सिन्दुरेडाडामा सञ्चालित तालिमकाे आज एक समाराेहका विच समापन गरिएकाे छ।समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानकि उप प्रमुख दुर्गा रेग्मी, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा र सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख पुण्यप्रसाद न्याैपानेले सहभागिहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएकाे थियाे।
१० दिन सम्म संचालन गरिएकाे तालमकाे प्रशिक्षण धुर्ब गन्धर्व ,अर्जुन गन्धर्व ,पुर्ण गन्धर्ब र माधब गन्धर्वले दिनु भएकाे थियाे।

तालिममा सहभागी भएका महिलाहरुले अब सारङ्गि बजाएर सन्देशमुलक सुचना प्रबाह गर्दै हिड्न सक्ने भएका छाै तर राज्यले  संरक्षण गर्नु पर्ने बताएका छन।सहभागी रुपा गन्धर्व ,आस्था गन्धर्व ,फुलमया गन्धर्वले आयाेजक संस्थालाई धन्यवाद दिएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।