प्रहरीलाई मानशिक स्वास्थ्य प्रबर्द्धनका लागि योग ध्यान कार्यक्रम सन्चालन

प्रहरीलाई मानशिक स्वास्थ्य प्रबर्द्धनका लागि योग ध्यान कार्यक्रम सन्चालन


२०८१ जेठ २४ गते
प्युठान आयुबेर्द स्वास्थ्य केन्द्रको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जिल्ला प्रहरीहरुलाई मानशिक स्वास्थ्य प्रबर्द्धनका लागि योग ध्यान कार्यक्रम प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलको अध्यक्षतामा मल्लरानी गाउँपालिका -०४ खलंगामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि सि ले जिल्ला प्रहरीका लागि प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रले मानशिक स्वास्थ्य प्रबर्द्धनका लागि योग ध्यान कार्यक्रम सचालन गरेकोमा खुशी व्यक्त गर्दै उहाले कार्यक्रममा सहभागी प्रहरीहरुलाइ यस् कार्यक्रमबाट मानशिक रुपमा स्वस्थ रहनका लागि सिकेको कुरा व्यबहारमा लागू गरि मानशिक रुपमा रहन अनुरोध गर्नु भएको थियोे ।
कार्यक्रममा प्युठान आयुबेर्द केन्द्रका कबिराज निरीक्षक टुक बहादुर राेका र डाक्टर तारा पोख्रेलले बिहान ६:०० बजेदेखि ८:०० बजेसम्म प्रहरीलाई योग अभ्यास सिकाउनु भएको थियोे । साथै प्रहरीहरुलाइ शारीरिक रूपले स्वस्थ देखिए पनि मानशिक रुपमा पनि स्वस्थ रहने उपायबारे प्रशिक्षण पनि दिनुभएको थियोे ।
जेठ २४ गतेदेखि शुरु भएको मानशिक स्वास्थ्य प्रबर्द्धनका लागि योग ध्यान कार्यक्रम जेठ २५ गते सम्म सन्चालन हुने रोकाले सघर्स मिडियालाइ जानकारी दिनु भयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।