अन्तर्राष्ट्रिय याेग दिबस प्यूठानमा सम्पन्न

निर्मला मगर
असार ७ प्युठान

प्युठान सदरमुकाम खलंगामा “आफू  र आफ्नो समाजका लागि योग” भन्ने मुल  नाराका साथ प्युठान स्वास्थ्य आयुर्वेद केन्द्रको  आयोजना तथा नौबहिनी गाउँपालिका आयुर्वेद शाखाको सह आयोजनामा दशौ अन्तर्राष्ट्रिय योग दिबस कार्यक्रम प्युठान स्वास्थ्य आयुर्वेद केन्द्रका डाक्टर तारा पोख्रेलको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभाहल खलंगामा सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सि ले दिबसको अबसरमा आफ्नो शरिरलाइ स्वस्थ राख्नको निम्ति दैनिक योग अभ्यास आबश्यक रहेकोे बताउदै योग दिबसको शुभकामना दिनु भएको थियोे ।


त्यस्तै बिशिस्ट अतिथि  प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले दशौ अन्तरास्ट्रिय योग दिबसको शुभकामना दिदै उहाले  शारीरिक रूपमा स्फुर्ती भएर मात्र हुदैन मानशिक रूपमा पनि तन्दुरुस्त हुनको लागि योग अभ्यास आबश्यक भएको बताउनुभयो ।

योग दिबस कार्यक्रममा स्थानिय जनप्रतिनिधि , जिल्ला प्रहरी कार्यलयका प्रमुख सहित अन्य सुरक्षाकर्मी ,निजामती  कर्मचारी, विद्यार्थी  लगाएतकाे  उपस्थिति रहेकोे थियाे।
जिल्ला आयुर्वेद केन्द्रका कबिराज निरीक्षक टुक बहादुर रोकाले योग दिबसको अबसरमा उपस्थित सहभागीहरुलाइ प्रयोगात्मक अभ्यास द्वारा योग सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे । याेग अभ्यासमा  ७१ जना सहभागीको  उपस्थिति रहेकोे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।