बस्तिस्तरबाट आएका याेजना प्राथमिकिकरण गर्न ब्यस्त वडा सरकार


बिमल प्रसाद पाेख्रेल
५ असार प्युठान
प्युठान नगरपालिका वडा नम्बर आठका जनप्रतिनिधिहरुले बस्ति स्तरबाट आएका याेजनाहरु  प्राथमिकिकरण गरि छनाैटमा ब्यस्त रहेका छन।
साबिकका नाै  वडाहरु रहेकाे प्युठान नगरपालिका आठले याेजना छनाैटमा नाै बस्तिबाट आएका सयाै याेजनाहरुलाई जनताकाे तत्कालीन आबश्यकताकाे आधारमा पहिचान गरि प्राथमिकतामा राखेर  नगरकार्यपालिकामा बजेट सिलिङ अनुसार  याेजना मागका लागि पस्ताब गरिने वडा अध्यक्ष पदम बहादुर थापाले बताउनु भयाे।


साबिककाे धर्माबति चार दम्ति निबासि महिला सदस्य लिला देबि थापाले आफ्नाे बस्ति बाट ४८ वटा याेजना लिएकाे तर कति याेजनापर्नेहुन अन्याैलमा छु भनेजति याेजना बस्तिमा लान सकिएन भने जनता रिसाउछन म फेल हुन्छु कि भन्ने चिंता लागेकाे छ सकभर आफुले बस्ति बस्तिमा पुगेर लिएका याेजना पास भएमा जनताकाे माग पूरा हुने र आफू जनप्रतिनिधि भएर गर्व गर्न सक्ने बताउनुभयाे।
साबिककाे धर्माबति छ रज्यानबाट निर्बाचित दलित महिला सदस्य दुर्गा सुनारले आफ्नाे बस्तिस्तरबाट २० ओेटा याेजना वडामा लिएकाे छु कति पर्ने हुन छलफल हुदैछ गाउलेहरु जम्मा गरेर बस्ति टाेलमा के छ समस्या ल्याउनुस भनेर याेजना जनताकै अपेक्षा अनुसार छनाैट गरेकि हु याेजना पूरा बस्तिमा लान नसके गाउलेहरुले गालि गर्नेहुन कि भन्ने डर छ तर अहिलेकाे आबश्यकताका आधारमा बजेट सिलिङ अनुसार समाबेस नभएका याेजना अर्काे आर्थिक बर्ष समाबेश गर्ने लक्ष्य लिएकाे बताउनु भयाे जनप्रतिनिधि भएपछि सबैका अभिभावक भएर काम गर्नु तर सबैकाे  आकांक्षा अनुसारका याेजनाहरु पार्न मुस्किल हुने हुदा जनप्रतिनिधि भएर काम गर्न गार्हाे भएकाे बताउनु भयाे।
साबिककाे धर्माबति गाबिस वडा नम्बर आठकाे मानागाउ निबासि २७ बर्षिय प्युठान नगरपालिका आठका वडा सदस्य ठाकुरपुनले भन्नुभयाे बस्तिस्तरबाट १५५ याेजना वडामा लिएकाे तर प्राथमिकतामा १०/११ ओटा जति पर्छनकि भन्ने आश गरेकाे छु तर बस्तिबाट आवाज उठेजति याेजना ल्याउने हाे भने त अझै धेरै छन पालिकाले अहिलेसम्म बजेटकाे सिलिङ पठाएको छैन त्यसैले अन्याैलमा परेकाे बताउनु भयाे।आफु युवा भएकाेले युवाहरु लक्ष्यित याेजना लिएकाे छु युवाहरु दिन प्रतिदिन बिदेशिने   क्रमले छाएकाे निराशालाई उत्साहित वनाउन प्रयत्न छु तर देसकै अर्थतन्त्र अनुसार पालिकाबाट वडामा आउने बजेटले जे जति सकिन्छ शिलिङ अनुसार युवालाई समेटेर काम गर्ने छु।
साबिक धर्माबति सात माना गाउ बस्तिबाट निर्बाचित वडा सदस्य  भुपेन्द्र थापाले  भन्नुभयाे बस्ति स्तरबाट जम्मा १२ ओटा याेजना लिएकाे छु धेरै याेजना लिएर के गर्नु जनताकाे अपेक्षा अनुसार वडामा बजेट हुदैन यिनै याेजनालाई बस्तिबाटै छनाैट गरि प्राथमिकतामा राखेकाे हु हेरम कति समाबेश हुनेहुन अहिले समेट्न नसकेका याेजना अर्काे बर्ष पूरा गर्नेछु।
प्राय पुर्बधार निर्माण ,कृर्षि, शिक्षा लाई प्राथमिकतामा राखेर छनाैट गरेकाे सदस्य थापाले बताउनु भयाे।
वडा अध्यक्ष पदम बहादुर थापाले वडा सदस्यहरुले लिएका बाहेक ८१ वटा याेजना लिएकाे बताउनु भयाे सबैजनाले लिएका याेजना गरेर बस्ति स्तरबाट ३१६ वटा याेजना वडामा आएकाछन  ठुला याेजना भए प्रदेश र संघिय सरकार तर्फ पठाउने अन्य संबधित कार्यलय तर्फ माग गरि पठाउने छु।तत्कालीन आबश्यकता खानेपानि,कृर्षि,माेटरबाटाे स्वास्थ्य ,शिक्षालाई प्राथमिकतामा पुर्व जिर्ण याेजनाहरुकाे मर्मत संभार गरिने बताउनु भयाे नगरपालिकाबाट कति बजेट आउने हाे सिलिङ अझै हातमा परेकाे छैन याेजना समाबेश गर्न निक्कै मुश्किल छ।जनतालाई खुसि पार्न चुनाबमा बाेलेका बाचाहरु अनुसार काम गरिरहेकाे छु।
सामाजिक कार्यमा अग्रसर भएका थापा एम्कासि राजनीतिमा हाेमिदा जनप्रतिनिधि समाजले बनायाे म काम गर्न रहर गर्छु जनताले साथ दिएकाछन म खुसि छु उहाले भन्नुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।