प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ
प्युठानमा एच.पि .भि. खाेप कार्यक्रम शुभारम्भ
प्यूठान नगरपालिका वडा नम्बर चार स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय टारीकि कक्षा दशमा अध्ययनरत किशोरी कल्पना परिवार लाई पहिलाे खाेप लगाई जिल्ला भरकाे खाेप शुभारम्भ गरिएकाे हाे।

जिल्ला खाेप समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि सिले स्वास्थ कर्मिहरुलाई खाेप सामाग्री हस्तान्तरण गर्दै कुनै पनि लक्षित किशोरी हरु खाेप लगाउनबाट नछुटाउन स्वास्थ्यकर्मीहरुलाई अनुराेध गर्नु भएकाे छ।

प्यूठानमा १५० वटा बिधालयमा कक्षा छ देखि दससम्म अध्ययनरत तथा बिधालय नजाने दस बर्ष देखि १४ बर्ष सम्मका किशाेरीहरुलाई ६५ वटा स्वास्थ्य संस्थाबाट एच. पि. भि. खाेप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यलय प्यूठानका प्रमुख मधुसूदन खड्काले बताउनु भयाे।

जिल्लाकाे गौमुखी गाउँपालिकामा बिद्यालयमा अध्ययनरत १ हजार ४४८ र बिद्यालय बाहिर रहेका ७७ जनागरि १ हजार ५२५, नौबहिनी गाउँपालिकामा मा १९५६, झिमरूक गाउँपालिकामा १ ४ ६९, प्यूठान नगरपालिकामा २५६५, स्वर्गद्वारि नगरपालिकामा १७४६, माण्डवी गाउपालिकामा ११५३, मल्लानी गाउँपालिकामा ९३३, ऐरावती गाउँपालिकामा १००८ र सरूमारानी गाउँपालिकामा १४०८ गरी १३ हजार ७६३ जनालाइ खोप दिन लागिएको हो ।