निवन्ध प्रतियोगितामा गौमुखी क्याम्पसका रविना प्रथम
विजुवार । ‘लुम्बीनी प्रदेश समृद्धिको आधार’ विषयक अन्तर क्याम्पस निबन्ध लेखन प्रतियोगितामा गौमुखी क्याम्पस मच्छीका छात्रा रविना वि.क.ले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ । लुम्बीनी प्रदेश स्थापनाको अवसरमा प्यूठान र रोल्पा जिल्लामा रहेका क्याम्पसहरु विच भएको अन्तर क्याम्पस प्रतियोगितामा रविनाले प्रथम स्थान हासिल गर्नुभएको हो ।
प्रतियोगितामा प्यूठान क्याम्पस खलंगाका छात्रा शारदा घर्ती द्धितिय र सोही क्याम्पसका छात्र प्रमोद वली तृतिय हुनुभएको छ । यस्तै जलजला क्याम्पस रोल्पाका छात्र रविन्द्र बि.क.ले सान्तवना स्थान हात पार्नु भएको छ । प्रतियोगितामा विजयीलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजना र साहित्य परिषद प्यूठानको संयोजनमा झिमरुक क्याम्पस वाग्दुलामा प्रतियोगिता सम्पन्न गरिएको हो । विद्यार्थीको लेखनशीप अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रम राखिएको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुन्य प्रसाद न्यौपानेले बताउनु भयो ।