हाेटल तथा रेष्टुरेन्टमा छड्के अनुगमन

प्युठान,माघ २१।

बिजुवार।  ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले आईतबार जिल्लाकाे बिजुवार जुम्रि बजारमा रहेका होटेल तथा रेष्टुरेन्टमा छड्के अनुगमन गरेको छ।
ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चुडामणी पुनको नेतृत्वमा खटिएको टिमले आईतवार विभिन्न नामले संचालित १० बढी होटेल तथा रेस्टुरेन्टहरु अनुगमन गरेको हो।प्राय व्यवसायीले होटल भनेर गेस्ट हाउस सञ्चालन गर्ने अनि परिचय खुल्ने प्रमाण नराखी सेवाग्राहीलाई सेवा दिने गर्नाले पछिल्लो समयमा प्युठानका गेस्ट हाउसमा असावधानी बढ्दै गईरहेकोले अनुगमनलाई निरन्तरता दिईने पुनले संघर्ष मिडियालाई जानकारी दिनु भयाे।
आईतवार जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले विशेष निर्देशन गरेपछि होटलहरू अनुगमन गरिएको प्रहरी निरीक्षक पुनले बताउनुभयो।

विशेष गरि होटेल तथा रेष्टुरेन्टमा भएकाे सरसफाई,भान्सा कोठा,ग्राहक कोठा, बाल मजदुर, इन्ट्री रजिस्टर ,होटलको अवस्थालाई थप सुधार अन्य क्रियाकलाप सम्बन्धी साेधपुछ गर्दै छड्के रुपमा अनुगमन गरिएको पुनले बताउनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।