खुङ्ग हत्याकाण्डका आराेपित पक्राउ
प्युठान ।गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गमा बिहिबार राति भएकाे हत्याकाण्डकामा आरोपित लोक बहादुर गिरी र जेदु कुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो ।
घटनाको विस्तृत विवरणबारे जिल्ला प्रहरी कार्यालय प्युठानले आज पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ । घटनाको सुक्ष्म र सिघ्र अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्याल नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरि नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । घटनाको कारणबारे प्युठान प्रहरीले दुवैजना आरोपितको उपस्थितिमा थप विवरण सार्वजनिक गर्ने बताएको छ ।
गौमुखी गाउँपालिका ५ खुङका ६९ वर्षीय चिन्तामणि न्यौपानेको रहस्यमय मृत्यु भए पश्चात् अनुसन्धानको लागि प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्याल नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
खाना खाएर सुतेको बेला अपरिचित व्यक्तिले फोन गरी कसैले बोलाएर गएको स्थान देखि केहि टाढा रक्ताम्य भएको अवस्थामा चिन्तामणी न्यौपाने मृत भेटिएका थिए ।प्रहरीले अनुसन्धानका आधारमा पक्राउ गरेका आराेपितहरुलाई आजै पत्रकार सम्मेलन गरी आधाकारीक रुपमा सार्वजनिक गर्ने डि एस पि बस्यालले बताउनु भएकाे छ।