बालशिक्षाले जित्याे झिमरुककाे रनिङ सिल्ड
माघ १८ प्युठान
झिमरूक गाउँपालिकाको अन्तर बिधालय स्तरीय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आज समापन भएकाे छ।
माघ १६ गते देखि लगातार तीन दिनसम्म झिमरुक गाउपालिका पाच मच्छि मैनाके खेलमैदानमा संचालित रनिङ शिल्ड प्रतियोगितामा पालिकाका १२ वटा सामुदायिक बिधालय हरुले विभिन्न बिधाका खेलमा सहभागी जनाएका थिए।
प्रतियोगितामा बालशिक्षा मा.वि .मच्छीले १२ स्वर्ण ,५ रजत र ३ कास्य गरि जम्मा २० पदक जितेर प्रथम, सत्य मा.वि. तुषाराले ५ स्वर्ण ,६ रजत र ७ कास्य गरी जम् १८ पदक जितेर द्वितीय र जनता मा.वि .टिमुरचौरले ४ स्वर्ण ,३ रजत र २ कास्य गरि जम्मा ९ पदक जितेर तृतीय भएका छन् ।
प्रतियोगितामा बाल शिक्षा मा बिले सिल्ड आफ्नाे बनाएकाे छ यस अघिका बर्षमा नियमित दुई पटक सिल्ड बिजेता बालशिक्षा माविले लगातार तीन बर्ष सिल्ड जित्न सफल भएकाे हाे।
३० वटा विधाका खेलमा सामुदायिक तर्फका १२ विद्यालयले भाग लिएको र एकमात्र संस्थागत विद्यालय गाैमुखी आवशीय मा.वि.ले भाग नलिएकाे बताइएको छ। साथै
चिरायु मा.वि. चिसावाङ्ग मार्चपासमा उत्कृष्ट भएको छ।
खेलमा बिजेता खेलाडि तथा बिधालयहरुलाई पालिका अध्यक्ष पितबहादुर एम सि ,उपाध्यक्ष प्रमाेद पाेख्रेल ,प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा तथा वडा अध्यक्षहरुले टर्फि,मेडल र प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिनुभएको हाे।
आगामि दिनमा हुने पालिका स्तरीय जुनसुकै बिधाका खेलमा बिजेता खेलाडीलाई नगद पुरस्कारकाे ब्यबस्थापन गरिने अध्यक्ष एम सि बताउनुभएको छ।