सरकार र शिक्षकबिच भयाे नाै बुदे सहमति
बैशाख १७
नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिनु भएको हो ।
यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको बैठकमा सहमति जुटेको जानकारी दिनुभयो ।
अध्यक्ष सुवेदीले सरकार र आन्दोलनरत शिक्षकबिच नौ बुँदामा सहमति भएको बताउनुभयो ।
शिक्षक महासङ्घले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको थियो ।
सो आन्दोलन स्थगन आजदेखि भएको तथा भोलि बिहीबारदेखि विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम सुचारु हुने उहाँको भनाइ छ ।
उहाँले आगामी असार १५ गते विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको जानकारी दिनुभयो ।