नौबहिनीमा बाल विवाह अन्त्यको १० वर्षे योजना
असार१९ ,प्यूठान
नौबहिनी गाउँपालिकाले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउने भएको छ। सार्प रिसर्च सेन्टरको सहयोगमा आयोजित कार्यशालामा योजना तर्जुमा गरिएको हो।

गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले चेतना अभावकै कारण बाल विवाह अझै हुने गरेको बताउँदै अब समुदाय, विद्यालय र संस्कृति जोडेर दिगो समाधान खोजिने बताए। सहभागी सरोकारवालाले पूर्ण समर्थन जनाउँदै अभियानलाई सार्थक बनाउने प्रतिबद्धता जनाए।