मन्त्री राेज राणाको नेतृत्वमा विकास र कांग्रेस सुदृढीकरण दुबै तीव्र


असार १९ ,प्युठान

प्यूठानको विकास निर्माणमा अहोरात्र खटिएका लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता रोज राणाको सक्रियताले जिल्लामा नयाँ ऊर्जा भित्रिएको छ।

प्यूठान नगरपालिका–३ का युवा व्यवसायी कमलेस के.एम. नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। यातायात व्यवसायमा संलग्न उनीलाई मन्त्री राणाले पार्टी सदस्यता प्रदान गरेका हुन्।

पछिल्लो समय मन्त्री राणाले ल्याएको विकास योजनाहरू, बजेट कार्यान्वयन र पार्टी सुदृढीकरण अभियानबाट मोहित भई कांग्रेसमा आकर्षण बढ्दो छ। युवा जमातमा देखिएको यो जनलहरले जिल्लामा कांग्रेसको संगठनात्मक धरातल समेत बलियो बन्दै गएको छ।

विकास र नेतृत्वको संयोजनमार्फत जिल्लाको मुहार फेर्ने हुटहुटी बोकेका मन्त्री राणाको प्रयासले प्यूठानमा आशा र सम्भावनाको नयाँ युग सुरु भएको जनमत बढ्दैछ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।