भ्रमको खेती नगर्नू”: लुप्लुङ मावि प्रकरणमा अध्यक्ष श्रीराम भण्डारीको स्पष्टीकरण

प्यूठान — नौबहिनी गाउँपालिका–८, लुप्लुङ।
लुप्लुङ माध्यमिक विद्यालय सम्बन्धी पछिल्ला विवादबारे विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीराम भण्डारीले स्पष्टिकरण दिएका छन्।
उनका अनुसार सामाजिक सञ्जाल र केही अनलाइनमा फैलिएको विषय भ्रम र गलत बुझाइ मात्र हो। विद्यालयका लागि अर्डर गरिएको रंगरोगन सामग्रीसँगै व्यक्तिगत प्रयोजनको सामान पनि अर्डर हुँदा मानवीय त्रुटिका कारण बिल विद्यालयको नाममा जारी भएको उनले बताए।

भण्डारीले स्पष्ट पारे— “विद्यालयले एक रुपैयाँ पनि तिरेको छैन, त्यो जिम्मा मेरो व्यक्तिगत हो, केही दिनमै भुक्तानी हुन्छ।”
उनले सानो विषयलाई अतिरञ्जित गर्दै व्यक्तिगत र संस्थागत चरित्र हत्या गर्ने प्रयास अपराध सरह भएको उल्लेख गरे। साथै, सत्यतथ्य नबुझी एकतर्फी समाचार प्रकाशन गर्ने प्रवृत्तिप्रति उनले कडा असन्तुष्टि जनाए।

भण्डारीले आफू विद्यालयको शैक्षिक र भौतिक सुधारमा निरन्तर लागिरहेको, आफ्नै सन्तानसमेत सोही विद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै अनियमितता र आर्थिक अपचलन आफूका लागि अस्वीकार्य विषय भएको जिकिर गरे।
अन्त्यमा उनले भने— “त्रुटि भए सच्याउँछु, तर भ्रम फैलाएर बदनाम गर्ने खेल स्वीकार्य हुँदैन।”
बिद्यालय काे भाैतिक पुर्बधार ,शैक्षिक बिकासका लागि जस्तोसुकै परिस्थितिमा पनि निरन्तर लागि शैक्षिक गुणस्तर समेत सुधार गरेकाे अध्यक्ष श्रीराम भन्डारीले संघर्ष मिडियालाई बताएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।