प्रधानन्यायाधीश नियुक्तिमा चलखेल अस्वीकार्य” — गगन थापाको प्रधानमन्त्रीलाई कडा चेतावनी

काठमाडौं बैशाख २३ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाह माथि आफ्नै अनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्न चलखेल गरेको गम्भीर आरोप लगाउनुभएको छ।
बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत नियुक्ति प्रक्रियामाथि नियन्त्रण जमाउन खोजिएको बताउनुभयो। संसदको अधिवेशन आह्वान तथा स्थगनसमेत यही उद्देश्यले गरिएको उहाँको आरोप छ।
प्रधानमन्त्रीले पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुको सट्टा परिषद्मा आफ्नो प्रभाव विस्तार गरी इच्छाअनुसार नियुक्ति गर्न खोजेको भन्दै थापाले यसलाई आपत्तिजनक र कांग्रेसका लागि अस्वीकार्य कदम भएको स्पष्ट पार्नुभयो।
बिहीबारका लागि आह्वान गरिएको परिषद् बैठकसमेत यही रणनीतिक योजनाको अङ्ग भएको उल्लेख गर्दै उहाँले चेतावनी दिनुभयो— “यदि यस्तो कदम फिर्ता नलिए, सदन र सडक दुवैबाट सशक्त प्रतिरोध हुनेछ।”

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।