समुह अनुसार हेर्नसहोस

अपडेट

बेलुवा बाग्दुला सडक फराकिलो गराउने सुचना प्रकाशित ,समयमै संरचना हटाउन नगरपालिकाकाे अनुराेध

प्यूठान, साउन ८ प्यूठान नगरपालिकाले सडक विस्तारको कार्यमा कडा धार लिँदै सडक अधिकार क्षेत्रभित्र पर्ने सबै प्रकारका संरचना हटाउन ३५दिने अन्तिम समयसीमा तोकेको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले मापदण्ड विपरीत बनेका पक्की, कच्ची,…

प्यूठान नगरपालिकाको न्यायिक समिति: मेलमिलापमार्फत विवाद समाधानमा राष्ट्रिय स्तरमै उदाहरणीय

साउन,८ प्यूठान । प्यूठान नगरपालिकाको न्यायिक समितिले मेलमिलापको माध्यममार्फत विवाद समाधान गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ। स्थानीय तहको न्यायिक संयन्त्रको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा सामाजिक सद्भाव, सहिष्णुता र…

जनगुनासो नआउने गरी सेवा दिन मन्त्री राणाको निर्देशन

प्यूठान  — लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले जनगुनासो नआउने गरी प्रभावकारी सेवा प्रवाह गर्न मातहत निकायलाई निर्देशन दिएका छन्। शहरी विकास तथा खानेपानी मन्त्रालयद्वारा आयोजित विकास समस्या समाधान समिति बैठक र…

तरुणदल प्यूठानद्वारा बेलपत्रेश्वरमा वृक्षारोपण र सरसफाइ अभियान

’प्यूठान, साउन ,६ नेपाल तरुणदल प्यूठानले ४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा प्यूठान नगरपालिका–१ स्थित ऐतिहासिक बेलपत्रेश्वर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बीपीको विचार, लोकतन्त्रको आधार’ नाराका साथ आयोजित…

प्युठानमा सुटिङ हुने चलचित्र ‘जदौ’ जातीय विभेदविरुद्धको बुलन्द आवाज

प्युठान / काठमाडौं — जातीय भेदभावविरुद्धको सशक्त आवाज बोकेको नयाँ नेपाली चलचित्र ‘जदौ’ को राजधानीमा निर्माण घोषणा गरिएको छ। जात, धर्म, समुदायको नाममा आज पनि भइरहेका विभेद र पीडालाई कथा बनाइएको यस चलचित्रको प्रमुख सुटिङ लोकेसन प्युठान र दाङ…

मन्त्री राेज राणाले सम्हालेकाे मन्त्रालय  वित्तीय प्रगतिमा प्रदेशकै उकृष्ट

प्यूठान, असार ३२ दाङ।  लुम्बिनी प्रदेश सरकारअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन मूल्याङ्कनमा शहरी विकास तथा खानेपानी मन्त्रालयले ८४.५५ प्रतिशत सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको शहरी बिकास तथा खानेपानी…

पूर्वपतिको चक्कु प्रहारमा रुकमनी बरालको हत्या

प्युठान, असार ३१ – प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक दर्दनाक घटना भएको छ। आफ्नै पूर्वपतिको धारिलो हतियार प्रहारबाट २८ वर्षीया रुकमनी बरालको ज्यान गएको हो। स्थानीय दलित महिला सदस्य आशा विकका अनुसार, रुकमनी बराल…

माण्डवी गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान अघि बढ्ने

प्यूठान, असार ३१ माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनबाट शिक्षा क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले विद्यालय समायोजन  र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले…

माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न, ४२ करोड ७६ लाखको बजेट पारित

प्यूठान, असार ३१ प्यूठान । माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। असार १० गतेदेखि सुरु भएको अधिवेशन असार ३० गते सम्पन्न भएको हो। गाउँपालिकाको अध्यक्ष श्री नमराज अधिकारीले अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का…

पटक–पटक बत्ती गायब!विद्युत समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तरुण दलको कडा चेतावनी

असार ३० प्यूठान प्यूठानमा पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याले चरम रूप लिँदै गर्दा नेपाल तरुण दल प्यूठानले सत्तापक्ष, प्रशासन र प्राधिकरणलाई कडा चेतावनी दिएको छ—“अब सबैकुरा सहन सकिने छैन, आन्दोलनको बाटो अवश्य रोजिन्छ!” तरुण दल…