आमा : कबिता
कविता : आमा
– बबिता रिजाल
आमा आज मैले तिमीलाइ पुज्ने दिन
अर्थात् माता तिर्थ आैँसि
बर्षभरि तिमी मलाई पुज्याै
आज मैले तिमीलाइ पुज्ने दिन
तिम्रो मुख हेर्ने दिन
पहिले तिम्रो लागि
शास्त्रमा अनेकौं शब्दहरु खर्चिए
पृथ्वी र धरातल सँग तिमीलाई दाँजियाे
अहिले ,
फेसबुक , टिकटक जस्ता
सामाजिक सञ्जालमा तिम्रै तस्बिरहरू टाँसिए
अनेकौं शब्द रचिए तिम्रो नाममा
तर कुनै पनि शब्दले
तिम्रो पुर्ण परिचय दिन सकेन
किनकि तिमी भगवानकाे अर्को रुप हाै
आज उनै भगवानकाे दर्शन गर्ने दिन
तिम्रो नाै महिना लामो
आन्तरिक संघर्ष र प्रसव पीडा
सबैभन्दा ठुलाे सहनशक्तिकाे मानक हाे
याे संसारमा
एउटामात्र त्यस्तो दिन छ
जुन
सन्तान रुदा आमा मुस्कुराउछिन्
आज उनै आमालाई पुज्ने दिन
म लड्दा जसको नाम लिन्छु
म रुँदा जसलाई सम्झन्छु
जाे मेरो आधार , हिम्मत , संसार र भगवान् हाे
जसले मेराे
एक मधुर चिच्याहटमा हजारौं काेषिका चुँडिएकाे
कठाेर पिडालाइ भुलिदियाे ,
जसले आफुलाइ टुक्र्याएर मलाई सिङ्गो जीवन दियाे ,
आज उनैको मुख हेर्ने दिन
आज मैले
तिम्रो मातृत्व शब्दमा वर्णन गरेर हैन
तिमीलाई महङ्गो उपहार दिएर हैन
बाहिरी खुसि दिएर हैन
म त जति माया तिमीले मलाई दियाै
त्यति माया म तिमीलाई दिन पाउँ
साथै बाँचुञ्जेल तिम्रो
माया र ममताकाे भिख माग्दै
तिमीलाई पुज्न चाहान्छु
अर्थात
तिम्रो मुख हेर्न चाहान्छु
मातातिर्थ आैंसिकाे शुभकामना आमा ❤️