माण्डवी नदीमा डुबेर झिमरूकका एक युवकको मृत्यु

माण्डवी नदीमा डुबेर झिमरूकका एक युवकको मृत्यु
वैशाख , ६
झइन्द्र भण्डारी
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को सिमानामा पर्ने सोढ ढिकदेखी तल माडीखोलामा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ ।

स्वर्गद्वारी आश्रम (मन्दिर ) को नाममा रहेको ट्याक्टरका सहचालक १८ वर्षीय सुवास रोका मगरको पानीमा डुबेर मृत्यु भएको हो । चालक तिल बहादुर घर्तिलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय भिङ्ग्रीले झिमरूक गाउँपालिका वडा नम्बर ८ का सुवास स्वर्गद्वारी आश्रमको लागि ट्याक्टरमा बालुवा भरेर सकिएपछि गर्मी महसुस भयो भन्दै माडी नदीमा नुहाउन पसेको जानकारी दिएको छ । आज बिहान करिब ११ बजेतिर उक्त घटना घरेको इलाका प्रहरी भिङ्ग्रीले बताएको छ । ईलाका प्रहरीले खबर पाएपछि घटना स्थलबाट सुवासको शरीरलाई पोष्टमार्टम ( सनाखत ) को लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।