प्युठानमा मासुपसलकाे छड्के अनुगमन
प्युठानमा मासुपसलकाे छड्के अनुगमन
जेष्ठ २५ प्युठान
बिमल प्रसाद पाेख्रेल
प्युठानकाे मुख्य बजार क्षेत्र बाग्दुला, बिजुवार, जुम्रिमा दुग्ध डेरी तथा माछा ,मासुपसलहरुकाे छड्के अनुगमन गरिएको छ।
बिहीबार बिहान आठ बजेदेखि मुख्य बजार क्षेत्र बाग्दुलाबाट सुरुगरिएकाे अनुगमनमा ब्यबसायिहरुकाे दर्ता नबिकरण ,राजश्व ,सरसफाइ ,मुल्यसुचि,लेबल,नापताैल तथा बेकरी जन्य खाद्यान्न प्रदार्थकाे समय सिमा हेरीएकाे थियाे।
उपभोक्ताकाे स्वास्थ्यलाई मध्यनजर गरी गरिएको अनुगमनमा माछा मासु पसलकाे सरसफाइमा ब्यबसायिहरुले सुधार गर्नु पर्ने,मासुपसलमा अनिबार्य टायल ,सिसा वा जालि लगाउनु पर्ने,बथशाला र फ्रेस हाउस छुट्टाछुट्टै हुनुपर्ने,फ्रेसहाउसमा ग्राहक र ब्यबसायिकाे दुरी सुरक्षित हुनुपर्ने ,नापतौल दुबैले देख्ने गरि राख्नु पर्ने फ्रेस हाउसमा पाईने फरक फरक मासुकाे मुल्यसुचि अनिवार्य टास्नुपर्ने सल्लाह सुझाब ब्यबसायिलाई दिएकाे छ,।अटेर गरि लागू नगर्ने ब्यबसायिलाई उपभोक्ता संरक्षण ऐन अनुसार कार्बाहि गरीने भनी प्रथमपटकका लागि सल्लाह सुझाब दिएकाे घरेलु तथा साना उधाेग बिकास कार्यलय प्युठानका प्रमुख सराेज भन्डारीले बताउनु भयाे।
अनुगमनमा एकीकृत कृर्षि कार्यलय प्युठानका प्रमुख भास्कर पाैडेल,पशुबिकास अधिकृत डाक्टर हरिनारायण थारु,साहेक जिल्ला अधिकारी मेघराज साेनि,उधाेग बाणिज्यसंघका कार्यकारी निर्देशक प्रकाश खनाल,घरेलु तथा साना उधाेग कार्यलयका कम्प्युटर अपरेटर चम्पक श्रेष्ठ पत्रकार महासंघका प्रतिनिधि तथा सुरक्षा कर्मिकाे उपस्थितिमा बजार अनुगमन गरिएको हाे।