झिमरुक घटनाकाे छानबिन गर्न चाैतर्फि दबाब र संयुक्त  विज्ञप्ति 

झिमरुक घटनाकाे छानबिन गर्न चाैतर्फि दबाब

बुधबार दिउसाे झिमरुक गाउपालिकामा प्रमुख प्रसासकिय अधिकृत सुबास रिजाल,शाखामा कार्यरत सहायक कर्मचारी दिपक जिसी माथि भएकाे हातपात तथा दुर्ववहार प्रति
विहिवार निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानले विज्ञप्ति निकालेकाे छ।
संगठनका जिल्ला अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल निजामती कर्मचारी यूनियन प्यूठानका अध्यक्ष खिम बहादुर अधिकारी र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का जिल्ला उपाध्यक्ष विकास गुरुङ ले संयूक्त विज्ञप्ती निकाल्दै घटनाकाे निन्दा गरेका छन । घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाही गर्न कर्मचारीहरुले प्रशासनसँग माग गर्दै बिराेधका साङ्केतिक कार्यक्रम गर्ने बताएका छन।
झिमरुकमा भएकाे दुर्ववहार घटना प्रति प्युठान जिल्लाका अन्य स्थानीय तहरुमा कार्यरत प्रमसख प्रशासकिय अधिकृत हरुले दाेषिलाई कार्बाहिकाेमाग गर्दै जेष्ठ २६ गते बिराेध स्वरुप सबै कर्मचारीले हातमा कालाे पट्टि बाधेर काम गर्ने सात स्थानिय तहका प्रमुख प्रसासकिय अधिकृतहरुकाे सयुक्त हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ।
बिहिबार राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस झिमरुक गाउँपालिकाले पनि छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेका छन् । राजमोले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आफ्नै कार्यकक्ष अगाडी छोराले वितण्डा मच्चाउँदा समेत केही प्रतिक्रिया नदेखाएको विज्ञप्ती मार्फत आरोप लगाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रिजालले पनि गाउँपालिका अध्यक्ष महतरा क्षेत्री र उपाध्यक्ष प्रमोद पोखरेल घटना हुँदा आफ्नै कार्यकक्षमा रहेको प्रतिक्रिया दिदै घटनाबारे छिटोभन्दा छिटाे छानबिन गरि कार्बाहि गर्न अनुराेध गरेका छन।

 

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।