स्वर्गद्वारी नगरपालिकाका श्रमीकलाई श्रम स्विकृति लिन अब पटक पटक मन्त्रालय धाउनु नपर्ने

बबिता रिजाल , प्युठान ।

जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अब बैदेशिक रोजगारिमा जाने श्रमिक तथा कामदारको ब्यक्तिगत तथा पुन श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य नगरपालिका बाटै हुने भएको छ । वैदेशिक रोजगार ऐन,२०६४ तथा वैदेशिक रोजगार नियमावली,२०६४ मा भएको ब्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने ब्यवस्था छ। बैदेशिक रोजगार बिभागको (Foreign employment information management System -FEIMS )मा अनलाइन आबेदन गरि श्रमिकले श्रम स्वीकृति प्राप्त गर्न सक्ने ब्यवस्था भएपनि अधिकांस नेपाली श्रमिकले अनलाइन आबेदन अन्य अनाधिकृत ब्यक्ती वा सेवा प्रदायक संस्था मार्फत श्रमिकको सम्पूर्ण विवरण प्रबिस्ट नहुने , कृते कागजातहरु बनाइ पेस गर्ने सो वाफत बिचौलियालाइ धेरै रकम तिर्न बाध्य बनाउने र विभिन्न बाहाना बनाइ श्रमिकलाई दुख हैरानी दिने जस्ता कार्यहरूले गर्दा सम्मानिय प्रधानमन्त्री तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री स्तरीय मिति २०७९÷१२÷१६ गते निर्णय भइ वैदेशिक रोजगारीलाई थप ब्यवस्थित, मर्यादित यवम भरपर्दो बनाइ स्थानीय तह सम्म पहुँच अभिवृद्धि गर्न बैदेशिक रोजगारिमा जाने श्रमिक तथा कामदारको ब्यक्तिगत तथा पुन श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं बैदेशिक रोजगार सम्बन्धि सुचना प्रवाह गर्ने कार्यमा ७५३ वटै स्थानिय तहमा रहेका रोजगार सेवा केन्द्रलाइ जिम्मेवारी तोकि मिती ः २०८० बैशाख १ गते देखी कार्यान्वयन गर्न स्थानिय तहलाइ परिपत्र गरिएको थियो । सोहि अनुरुप प्युठानको स्वर्गद्धारी नगरपालिकाले वैदेशिक रोजगारिमा जानेहरुको लागि परामर्श तथा श्रम स्वीकृतिका अनलाइन आवेदनहरुमा सहजिकरण गर्दै आइरहेको छ ।

सोहि अनुरुप स्वर्गद्धारी नगरपालिकाको रोजगार सेवा केन्द्रको सहजिकरणमा श्रम स्वीकृति लिने पहिलो व्यक्ति नगरपालिका वडा नं. २ का हुमाकान्त अधिकारी हुनुभएको छ । उहाँलाइ स्वर्गद्धारी नगरपालिकाका नगर उपप्रमुख मिनराज रानामगर र प्रमुख प्रसाशकिय अधिकृत तुल्सीराम गैरेले श्रम स्वीकृति प्रदान गर्नु भएको स्वर्गद्धारी नगरपालिकाका रोजगार संयोजक रमेश पोख्रेलले जानकारी दिनुभयो ।

श्रम स्वीकृति पेपर प्रदान गर्दै स्वर्गद्धारी नगरपालिका नगर उपप्रमुखले बजारमा अनाधिकृत व्यक्ति वा विचौलियाले ठगि गर्ने , छिटो छरितोको लागि फेक कागजातहरु बनाई पेश गर्ने , यो वा त्यो बाहानामा चर्को रकम असुल गर्ने जस्ता सम्भावनाहरु हुन्छन् । जसले गर्दा श्रमीकहरुलाई जाने समयमा अथवा विदेश पुगेपछि समस्या उत्पन्न भई झन्झट बेहोर्नु पर्ने हुन्छ , त्यसैले श्रम तथा रोजगार कार्यालयको पहुँच भन्दा टाढा रहेका नगरपालिकाका श्रमीकहरु नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत श्रम स्वीकृतिको आवेदन गर्न अनुरोध गर्नुभयो । आफ्ना नागरिकहरुलाई विचौलियाको फन्दाबाट बचाउने आफ्नो कर्तव्य भएको र नागरिक कहि कतै अलमल नपरि आफुहरुकहाँ आउन समेत आग्र्रह गर्नुभयो ।

श्रम स्वीकृति लिदा विभिन्न शिर्षकहरुमा रकम जम्मा गर्नु पर्ने हुन्छ , अन्यत्र बाट आवेदन गर्दा श्रमीकलाई सबै ज्ञान नहुदा ठगिको सिकार हुने तथा झुटा विवरणहरु पेश भई पछि अप्ठ्यारो पर्न जाने रपालिकाका रोजगार संयोजक रमेश पोख्रेलको भनाई छ । वैदेशिक रोजगारमा जाने श्रमीकले अढाइ बर्षका लागि विमा बापत १८ देखि ३५ बर्ष उमेर समुहका श्रमिकले ३ हजार ७ सय ८ रुपैयाँ , ३६ देखी ५० बर्ष उमेर समुहका श्रमिकले ४ हजार ९ सय ३० रुपैयाँ र ५१ देखी ६४ बर्ष उमेर समुहका श्रमिकले ९ हजार ४ सय ६३ रुपैयाँ बुझाउनु पर्छ । यस्तै वैदेशिक रोजगार कल्याणकारी कोषमा १५ सय रुपैयाँ र सामाजिक सुरक्षा कोषमा २ हजार २ रुपैयाँ जम्मा गर्नु पर्छ । विचौलियाले सो भन्दा बढि रकम असुलि गर्न सक्छन् जसले गर्दा श्रमीक मारमा पर्छन , सो नहुनका लागि केन्द्र सरकारको निर्देशनमा सो कार्यक्रम लागु गरिएको पनि पोख्रेलले जानकारी दिनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।