निर्धन उत्थान लघुवित्त वित्तिय संस्था  भिंगृको व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

बबिता रिजाल, प्युठान ।

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिंगृले आयोजना गरेको तिन दिने व्यवसायिक बाख्रापालन तालिम आज सम्पन्न भएको छ ।  न्यु थापा गेष्ट हाउस स्वर्गद्धारी नगरपालिका ४ भिंगृमा एक कार्यक्रमका विच तालिमको समापन गरिएको हो । जेठ २४ गते देखी सञ्चालन भएको तालिम तिन दिन सम्म चलेको थियो । आर्थिक कारोबार मात्र नभएर ग्राहकहरुको जिविकोपार्जनलाई ध्यानमा राख्दै व्यवसायमुखि बनाउने उद्देश्यल करिव ३० जना कृषकलाई एकिकृत गरि सञ्चालन गरिएको तालिममा सहभागि कृषकहरुलाई बाख्राको खोर निमार्ण तथा व्यबस्थान , बाख्राका प्रजाति , दाना पोषण तथा बाख्राहरुमा लाग्ने रोग तथा त्यसको नियन्त्रणका उपाय लगाएतका विषयहरुमा आधारीत रहि प्रशिक्षण दिइएको थियो । आफ्ना गा्रहकहरुलाइ व्यवसाय मुखी बनाउने दौरानमा संस्थाबाट ठाउँठाउँमा विभिन्न सिप विकास तालिम दिदै गर्दा संस्थाको भिंगृ शाखाले पनि वर्तमान अबस्थामा कृषकहरुको बाख्रापालन व्यवसायमा आकर्षण बढ्दो भएकाले स्वर्गद्धारी नगरपालिकामा पनि व्यवसायिक बाख्रापालन तालिम सञ्चालन गरेको निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड भिंगृ शाखाका शाखा प्रमुख अर्जुन प्रसाद शर्माले बताउनु भयो ।


समापन कार्यक्रममा बोल्दै स्वर्गद्धारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले संस्था गरेको उक्त कार्यको लागि धन्याबाद दिदै नियमित आयश्रोत भित्र्याई आत्र्मनिर्भर बन्न तालिमले सहयोग पुर्याउने र तालिमको सदुपयोग गर्न सबै सहभागिहरुमा आग्रह गर्नुभयो । केन्द्र , प्रदेश र स्थानिय सरकार यसरी लागि पर्दा पनि हाम्रो जस्तो कृषि प्रधान देशमा कृषीमा समुदाय स्तरमा पनि आत्मनिर्भर बन्न नसक्नुमा दुःख व्यक्त गर्नुभयो । सोहि कार्यक्रममा बोल्दै मगरले व्यवसायिक बाख्रापालन गरि स्वरोजगार बन्न तथा केहि समस्या परेमा नगरपालिकाको पशु सेवामा सम्पर्क गरि लाभ लिन पनि आग्रह गर्नु भयो । उहाँले भन्नुभयो , समस्या लिएर आउनुस हामि सक्दो समाधान गछौँ , नगरपालिकाले कृषकहरुलाई आवश्यकताका आधारमा सहुलियत कर्जा पनि उपलब्ध गराउने कार्यक्रम छ । व्यवसाय सञ्चालनमा आर्थिक संकट परेको छ भने पनि आउन सक्नुहुन्छ , हामि तपाईको साथमा छौँ ।
यस्तै समापन कार्यक्रममा बोल्दै निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको क्षेत्रिय कार्यालय कोहलपुरका कार्यक्रम व्यबस्थापक मिन बहादुर हमालले तालिम केहि न केहि प्रतिफल आउने खालको भएको बताउनु भयो । उहाँले भन्नुभयो सिप सिक्नुभयो , आजैबाट व्यवसाय सञ्चालन गरि स्वरोजगार बन्नुहोस र लगानिको लागि हामिलाई सम्झनुहोस । साथै प्युठान नगरपालिका पशु सेवा कार्यालय बाट कार्यालयका पशु स्वास्थ्य प्राविधिक डाक्टर विष्णु केसीले तालिमलाई तालिममा मात्र सिमित नराखि आधुनिक तरिकाले व्यवसायिक बाख्रापालन गरि आर्थिक लाभ लिनुका साथै आत्म निर्भर हुन आग्रह गर्नुभयो ।


तिन दिन सम्म सञ्चालन भएको तलिममा कृषकहरुलाई प्रशिक्षण दिनका लागि प्युठान नगरपालिका पशु सेवा कार्यालय बाट कार्यालयका पशु स्वास्थ्य प्राविधिक डाक्टर विष्णु केसी र नायब पशु स्वास्थ्य प्राविधिक दोर्ण प्रसाद पोख्रेल त्यसैगरि निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको क्षेत्रिय कार्यालय कोहलपुरका कार्यक्रम व्यबस्थापक मिन बहादुर हमाल र संस्थाको भिंगृ शाखाका शाखा प्रमुख अर्जुन प्रसाद शर्मा गरि ४ जना हुनुहुन्थ्यो ।
स्वर्गद्धारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा विशिष्ट अतिथि प्युठान नगरपालिका पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक डाक्टर विष्णु केसी र नायब पशु स्वास्थ्य प्राविधिक दोर्ण प्रसाद पोख्रेल हुनुहुन्थ्यो । लामाचौर महिला स्वावलम्वी समुहकि सदस्या दुर्गा लम्साल सभापति रहेको कार्यक्रमको सञ्चालन संस्थाको भिंगृ शाखाका शाखा प्रमुख अर्जुन प्रसाद शर्माले गर्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।