नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण 

नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २७ प्युठान
नेपाली सेनाकाे जनहित कार्य अन्तर्गत सिघ्र प्रभाब आयाेजना हेलिप्याड प्युठानकाे नाैबहिनि गाउपालिका वडा नम्बर एककाे असारेडाडामा नेपाली सेनाले निर्माण सम्पन्न गरि नाैबहिनि गाउपालिकालाइ एक कार्यक्रम का बिच हस्तान्तरण गरीएकाे छ।
प्युठान खलंगामा रहेकाे श्री बर्दबहादुर गणका गणपति प्रमुख सेनानि रमेस थापाबाट नाैबहिनी गाउपालिका अध्यक्ष दिल बहादुर थापालाई जेष्ठ २६ गते शुक्रबार  हस्तान्तरण गर्नु भएकाे छ।हेलिप्याड निर्माण गरीएकाे स्थान भाैगलिक रुपमा बिकट भएकाले यातायातका रुपमा उपयुक्त बिकल्पहरुकाे साथ  तत्काल गर्नु पर्ने  कार्यहरुलाई सहज हुने भएकाे छ।
भैपरी आउने प्राकृति तथा बिपतकाे समयमा तत्कालै उद्वार कार्य आकस्मिक उपचार ,राहत बितरण ,ढुवानि सहजै गर्न सकिने हुदा स्थानिय तथा आसपास बसाेबास गर्ने नागरिकहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने गणपति थापाले बताउनु भयाे।
हेलिप्याड हस्तान्तरण कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यलय प्युठानका प्रमुख,नाैबहिनि गाउपालिका एक नम्बर वडा अध्यक्ष ,जनप्रतिनिधि ,समाजसेबि,बुद्धिजीवी तथा स्थानियकाे उपस्थित रहेकाे बर्दबहादुर गणका सुचना अधिकारीले बताउनु भयाे।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।