महिला ब्यवसायिका लागि ई सेबाले दियाे बित्तिय शाक्षरता तथा डिजिटल तालिम

ई सेबाले दियाे महिलाहरुलाई डिजिटल काराेबार संबधि तालिम
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २७ प्युठान
प्युठान जिल्लाका महिला उधमि तथा ब्यवसायिका लागि डिजिटल भुक्तानी संबंधि तालिम आज प्युठानकाे हाेटल आयुष्मामा सम्पन भएकाे छ।
ई सेबाकाे आयाेजनामा जिल्लाका ४१ जना महिला ब्यवसायिका लागि डिजिटल भुक्तानीका बारेमा माेबाईल बैंकिङ बाट दिइने सेबा संबधी जानकारी गराईएकाे थियाे।

ई सेबा कार्यलय बुटवल शाखा प्रबन्धक गाेबिन्द ढकालले महिलाहरुका लागि प्राबिधिक शाक्षरता,बित्तिय शाक्षरता र ब्यवसायिक शाक्षरता अनिवार्य हुनुपर्ने बताउनु भयाे।पछिल्लो समय युवाहरु बैदेशिक राेजगारी उल्लेख्य मात्रामा जान थालेपछि महिलाहरले घर गृहणि मात्रै नभई आर्थिक आयआर्जनमा जाडिन लागेकाले डिजिटल काराेबार सिक्नु पर्ने बताउनु भयाे।ई सेबा का अफिसर रबि पाेख्रेलले डिजिटल बित्तिय शाक्षरता,माेबाईल वालेट,डिजिटल भुक्तानीका फाईदा,सीप र ई सेबाकाे शाझेदारी,डिजिटल ठगि,साबधानका उपायबारे प्रशिक्षण दिनु भएकाे थियाे।जिल्लाका विभिन्न स्थानबाट ४५ जना महिला उधमि तथा ब्यबसायि हरुकाे तालिममा उपस्थित रहेकाे थियाे।तालिम प्रश्चात सहभागी सबैलाई प्रमाणपत्र र डिजिटल काराेबार संबधि पाेस्टर ,पुस्तिका,र घरमै बसि बिजुलि ,खानेपानि शैक्षिक शुल्क,रेमिटान्स ,सहकारी बचत,फाेन पे लगाएत अन्य काराेबार संबधि सिकाई पुस्तिका उपलब्ध गराईएकाे थियाे।
तालिममा सहभागि मिना थापा,सरिता भन्डारी ,कमला श्रेष्ठ लगाएतले डिजिटल भुक्तानी संबधि तालिमबाट ब्यबसायमा निकै सहज हुने बताउनु भयाे,।तालिम प्रश्चात सबैले अब डिजिटल काराेबारमा लाग्ने बताउनु भयाे।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।