झिमरुकमा कर्मचारी माथि अभद्र,अनिश्चितकालीन सेबा बन्द

बिमल प्रसाद पाेख्रेल
२४ जेष्ठ प्युठान
झिमरुक गाउँपालिकामा कर्मचारी र उपभोक्ता बिच भनाभन पछि हातपात भएकाेछ। गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा तथा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष मिलन एमसी सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दिपक जि.सी.लाई हातपात गरेका हुन् ।

भुक्तानीका लागि स्थानीय उपभोक्ता समितिका २ जना सदस्य लिएर आएका एमसीले जि.सी. माथी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले पुष्टि गरेका छन् ।
शाखामा हातपात भएपछि आफूकहाँ जोगिन आएका योजना शाखाका जि.सी. सँग सोधपुछ गर्दा आफैलाई समेत आक्रमणको प्रयास भएको अधिकृत रिजालले बताए ।
घटनाबारे गाउँपालिका अध्यक्ष पित बहादुर महतरा सँग बुझ्दा कार्यालयमा घटना भएको पुष्टि गर्दै आफु बाहिर भएकाले थप जानकारी दिने स्पष्ट पारे ।झिमरुक गाउपालिकाका सम्पुर्ण कर्मचारीहरुले सयुंक्त खेद बिज्ञप्ति सार्वजनिक गर्दै अत्यावश्यक बाहेक सबै सेबा बन्द हुने हस्ताक्षर बिज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।