धन्य  रहेछाै सुरक्षाकर्मी तिमि

केमान सिङ थापा

कविता
धन्य  रहेछाै सुरक्षाकर्मी तिमी
भाला रोप्दा पनि ।।
आँखा फोडदा पनि ।।
अझै उसैलाई सुरक्षा दिईरहेछौ।।

हुदैन रहेछ तिम्रो कुनै परिवार
तिमी मर्दा रुने ।।
तिम्रो लास सङ राजनितिक साँठगाँठ हुने ।।
धन्य रहेछौ सुरक्षाकर्मी तिमी
बन्दुकको नालले उडाउदा पनि।।
मुख छोपेर घाँटी रेटि मार्दा पनि।।
अझ उसैको ज्यान बचाईरहेछौ।।

हुदैन रहेछ तिमिमा करुणा ।।
हुदैन रहेछ तिमिमा माया ।।
त्यसैले त होला …
जस्ले आफुलाई मार्यो उसैलाई पहरा दिईरहेछौ।।
धन्य रहेछन तिम्रा हातहरु ।।
जस्ले भाला रोप्यो।।
जस्ले घाँटी रेटो ।।
उसैलाई सलुट गरिरहेछौ।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।