रक्सि बियर,चुराेट सुर्तिकाे मूल्य जेठ १६ बाट लागुहुने गरि बद्वी

आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ ।

आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो ।

अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा सात रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।