झिमरुकमा “ प्रथम शेरा शुलभ शाह स्मृति २०८०“ कार्यक्रम हुने

बबिता रिजाल,

असोज २१ प्युठान।

झिमरुक गाउँपालिका ४ बाङ्गेफेदिमा “ प्रथम शेरा शुलभ शाह स्मृति २०८०“ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

इनर्जेटिक यूथ क्लब झिमरुक गाउँपालिका ४ बाङ्गेफेदिको आयोजनामा क्लबका क्रीकेट खेलाडी स्वर्गीय शुलभ शाहको सम्झनामा “ प्रथम शेरा शुलभ शाह स्मृति २०८०“ कार्यक्रम गर्न लागीएको क्लवका अध्यक्ष हरि पोख्रेलले बताउनुभयो। शुलभ शाह क्लवका सदस्य हुनुहुन्थ्यो । उहाँको सडक दुर्घटनामा निधन भएपछि उहाँको सम्झना स्वरुप कार्यक्रमको नाम राखिएको पनि अध्यक्ष पोख्रेलले बताउनुभयो ।

तस्वीरमा स्वर्गीय शुलभ शाह

कार्यक्रमको मिती २०८०÷०७÷०३ गते र स्थान श्री लक्ष्मी माध्यामिक विद्यालयको प्राङ्गण झिमरुक गाउँपालिका –४ बाङ्गेफेदिमा तय गरीएको छ ।

कार्यक्रममा झिमरुक गाउँपालिका मा.वि तह स्तरीय हाजिरी जवाफ र खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष पोख्रेलले बताउनुभयो । हाजिरी जवाफ प्रतियोगीतामा प्रथम हुनेले रु. ५,००० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने छ । दोश्रो र तेश्रो हुनेले क्रमशः रु. ४,००० र रु. ३,००० नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले रु. ३५,००० नगद पुरस्कार , कप , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुनेले रु. २५,००० नगद पुरस्कार , कप , मेडल र प्रमाणपत्र र तेश्रो हुनेले रु. १५,००० नगद पुरस्कार ,कप , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता र अन्य जानकारीको लागि ९८६८२९५३४४ (अनिलध्वज जि.सी) ९८४९९५४४९०(मिलन जि सी) , ९८४७८७४१२४(प्रकाश के. सी) मा सम्पर्क गर्न आयोजक इनर्जेटिक यूथ क्लबले आग्रह गरेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।