२८ वर्षपछि २८ गते प्युठान आउदै एमाले अध्यक्ष ओली

२८ वर्षपछि २८ गते प्युठान आउदै एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्युठान आउनुहुने भएको छ।


नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्न अध्यक्ष ओली असाेज २८ गते घटस्थापनाका दिन प्युठान आउन लाग्नुभएको हो ।
एमाले नेता एवं सांसद् सूर्य थापाका अनुसार अध्यक्ष ओलीले असाेज २८ गते बिहान स्वर्गद्वारी आश्रम मन्दिरमा दर्शन र पूजाआजामा सरिक हुने कार्यक्रम तय भएको छ ।
त्यसपछि प्युठानीहरूसँग आयुष्मा होटल बिजुवारमा भेटघाट तथा सम्बोधन गर्नुहुनेछ । त्यसपश्चात बाहनेमा नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुनेछ।
ओली २८ वर्षपछि दोस्रो पटक प्युठान आउन लाग्नुभएको हो ।
यसअघि असोज १६ गते ओली प्युठान आउने कार्यक्रम खराब मौसमका कारण स्थगित गरिएको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।