गाउगाउमा प्रहरी र वकिल गाैमुखिमा नागरिक सुनुवाइ

जिल्ला प्रहरी कार्यालय प्युठानले बुधबार गौमुखी गाउँपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ। स्थानीय जनतासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथी, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले नागरिक सुनुवाईको महत्व, आवश्यकता र सान्दर्भिक्ता बारे जानकारी गराएका थिए ।


सुनुवाईमा सहभागिबाट उठेको प्रश्नको जवाफ दिँदै प्युठान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक इश्‍वर थापाले जिल्लाको अपराध तथ्यांकको बारेमा प्रस्तुतीकरण गर्नुका साथै यसको महत्त्वको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय प्यूठानका जिल्ला न्यायधिबक्ता कर्ण बहादुर बुढा क्षेत्री, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, बुद्धिजिवी र स्थानिय सहित जम्मा ९६ जनाको सहभागिता रहेको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।