दाङको भालुवाङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

दाङको भालुवाङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कपिलबस्तुको बाणगंगा नगरपालिका—४, का अन्दाजी २३ वर्षिय बिजय खनाल छन। उनी पुलचोक बजारमा व्यवसाय संचालन गर्दै आएका थिए।
काठमाडौँबाट सुर्खेत तर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बसले बाटो पार गर्न लागेका खनाललाई आज बिहान ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक खनालको शब पोष्टमार्टमका लागि घोराही पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।