आलुखेतीमा रमाउदै ८४ वर्षे दण्डबहादुर खत्री

फागुन २ प्युठान
    प्यूठानको झिमरुक गाउँपालिका तीन आहालखोला निवासी ८४ वर्षिय दण्डबहादुर खत्रीले व्यवसायिक रुपमा  बाह्र रोपनी क्षेत्रफलमा विभिन्न उन्नत जातको आलु खेती गर्नु भएको छ ।
वि.सं २०२२ सालमा एसएलसी पास गरेका दण्डबहादुर दुई बर्षमै शिक्षण पेशा त्यागेर कृषिमा लागेको बताउनुहुन्छ  । वार्षिक आलु खेतीबाट चार लाख रुपैयाँ आम्दानी गर्ने उहाँले बताउनुभयो अहिले दण्डबहादुरले खुमल उज्ववल, खुमल बिकास, खुमल उपहार जातको आलु खेती गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकार कृषि तथा भूमी व्यवस्था मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्यूठानको सहयोगमा आलु बारीमा प्रविधी प्रदर्शन कार्यक्रम आर्थिक वर्ष २०८०/०८१ बमोजिम आलुको बीउ उत्पादन गर्न लागेको खत्रीले बताउनुहुन्छ ।
सरकारले कृषिमा  लगानी गरेर उन्नत बीउबिजन सहित प्रविधीमैत्री कृषि गर्न युवाहरुलाई स्वदेशमै सिकाएर कृषि उद्योगहरु स्थापना गर्ने हो भने युवाहरु विदेशिन बाध्य नहुने उहाँ बताउनुहुन्छ । युवाहरुलाई आयआर्जन दैनिक रुपमा हुनेगरी बास्तबिक किसान पहिचान गरी कृषिमा लगानी गर्नुपर्ने बताउनुभयो । अहिलेका युवाहरुले बिलासी स्रोतसाधन जोड्नको लागी नै विदेसिएको उहाँले बताउनुभयो ।
पहिले—पहिले घरबाटै आलु, धान, गहुँ बिक्रि हुन्थ्यो अहिले सबै बजारबाट खरिद गरेर ल्याउछन् गाउँमा खेती गर्न  लजाउछन् सयौं हेक्टरको जमीन बाझै छ यसलाई सदुपयोग गर्नको लागि स्थानीय सरकारले नयाँ रणनीति र योजना बनाउनुपर्ने खत्रीले बताउनुभयो ।
अहिले सरकारले हरेक कृषिमा नयाँ—नयाँ भेराइटीजका बीउ बिजनहरु उपलब्ध गराउन थाल्यो प्रविधीहरु उपलब्ध गराउन थाल्यो त्यसैले उत्पादनमा बृद्धि हुदा आम्दानी पनि बढ्दै गएको खत्री बताउनुहुन्छ ।
कृषि खेती गरेरै छोराहरुलाई जिबिकोपार्जन गर्ने पढाई,गरेकाे र नातीनातिनाहरुलाई डिग्री सम्म पढाउन सफल भएका खत्रीले कृषिबाटै राम्रो आम्दानी भएको हुनाले अहिले सम्म खुसीका साथ जीवनयापन  गरेको बताउनुभयो ।
देशमा केहि हुदैन भनेर बिदेशिने युवाहरुका लागी ८४ वर्षिय दण्डबहादुर खत्री युवाहरुका लागि प्रेरणाका स्रोत बनेको र कृषिमा युवाहरुलाई आकर्षक बनाउनका लागि जिल्लाकै एक चिनारी भएकाे झिमरुक गाउपालिका अध्यक्ष पितबहादुर एम सिले बताउनु भयाे। खत्रीले एउटा अच्चम्म किसिमको आलु उत्पादन गर्नुभएको छ उहाले लगाएकाे आलु जमिन उप्रि बाेट छैन तर माटाे मुनि दाना फलेका छन।
 बाेट बिना आलु कसरी फल्याे भन्ने प्रशनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ प्यूठानका प्रमुख चुमानसिंह गिरिले आगामी वर्षदेखि प्यूठानमा साना दाना  आलुको बीउ उत्पादन गर्ने प्रविधी भित्राउन प्रयास गर्ने बताउनुभएको छ । खत्रीले लगाएको  एक आलुको बीउ बोट बिना जमिनमुनी फलेको जानकारी गराउदा गिरिले खुमल उज्ववल आलु आहालखोलाका लागि उपयुक्त रहेको बताउनु भयो ।
नेपालमा लामा र साना दाना भएको नयाँ जातकाे पहिचान हुदैछ यसले आलु उत्पादनमा बढावा दिनेछ आलुका परिकार बनाई बजारमा ल्याउन प्यूठानमा अर्को वर्ष आलु चीप्स उद्योग स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । छोटो समयमा धेरै राम्रो उत्पादन हुने आलुको बीउ तयार गरि आलुलाई थप व्यवस्थित बनाई उत्पादन बढाउने गिरिले बताउनुभएको छ ।
सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।