स्वमुल्यांकनमा जिल्लाकाे दाेस्राे स्थानमा झिमरुक गाउँपालिका

प्युठान  जिल्लाको झिमरुक गाउँपालिका कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट दाेस्राे गाउँपालिका भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये झिमरुकले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा गत आर्थिक वर्ष २०७९/ ०८० को लिजाको नतिजामा  झिमरुकले ८० प्रतिशत अंक प्राप्त गरेको छ ।
सबै भन्दा धेरै अंक प्राप्त गर्ने नाैबहिनी गाउपालिकाे ९१ सरुमारानी गाउँपालिकाले ७९, माण्डवी गाउँपालिकाले ७८.५, स्वर्गद्धारी नगरपालिकाले ७७.७५ अंक प्राप्त गरेका छन् । त्यस्तै मल्लरानी गाउँपालिकाले ७५, प्यूठान नगरपालिकाले ७४.५, ऐरावती गाउँपालिकाले ६८.५ र गौमुखी गाउँपालिकाले ६८.२५ अंक प्राप्त गरेका छन् ।
स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि विभिन्न सूचकहरुको आधारमा गरिने स्वमूल्यांकन हो ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा पालिकाहरुले विभिन्न १० सूचकहरुको स्वमुल्यांकन गर्ने गर्दछन् । ती सूचकहरुमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन हुन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।