निबर्तमान मुख्यमन्त्री द्वारा अनलाइन टिकट बुकिङ एपकाे शुभारम्भ

जेठ १८ प्युठान

यात्रु्बर्गहरुले अब     घरमै बसेर बसकाे टिकट काट्न सकिने भएकाे छ प्युठानकाे स्वर्गद्वारी गाैमुखि यातयात सेवा प्रालिले आजदेखि प्रबिधिमैत्रि डिजिटल अनलाइन टिकट बुकिङ एप संचालनमा ल्याएकाे छ।
आज एक कार्यक्रमकाे आयाेजनामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका नि बर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले काठमाडौ बाट छुट्ने बसकाे  टिकट बुकिङ गरेर   एपकाे उद्घाटन गर्नुभएकाे हाे।
कार्यक्रमकाे उद्घाटन गर्दै चाैधरीले स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालिले लुम्बिनी प्रदेशमै पहिलो पटक आफ्नै डिजिटल एप बनाई यात्रुबर्गहरुमा सुबिधा ल्याएकाेमा प्रालिलाई बधाई दिदै सफलताको शुभकामना ब्यक्त गर्नुभयाे ।
साथै चाैधरीले आफुले सरकारकाे नेतृत्व गर्दा यातायात मन्त्री राेज राणाले यातयात क्षेत्रमा छाेटाे समयमै धेरै  सुधारका कामहरु गरेकाे बताउनु भयाे मन्त्री राणाले सबारी साधनकाे यान्त्रिक परिक्षण ,प्रमुख जिल्ला अधिकारीहरुकाे नियमित बैठक ,लामाेदुरीमा संचालन हुने सबारी साधनमा दुई जना चालक अनिवार्य लगाएतका क्षेत्रमा सुधार लिएकाे बताउदै प्रा लि ले संचालनमा लिएकाे डिजिटल टिकट बुकिङ एप लाई जति जनमासमा पुराउन प्रचारप्रसार गर्नु पर्ने बताउनु भयाे।
कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले स्वर्गद्वारी गा‌ैमुखि यातायात सेवा प्रा लि लाई बधाई तथा शुभकामना दिदै अब सेवाग्राहीहरुले टिकट काट्न झन्झट बेहाेर्न नपर्ने,सिस्टम अनुसार प्रबिधिकाे प्रयाेग गर्न सबैलाई सचेतना गराउनु पर्ने , सेवाग्राहीलाई समयमै गन्तव्यमा पुग्ने समयमै सवारी छुटाउने लगाएतका बिषयमा बताउनु भएकाे थियाे ।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य याेगेन्द्र चाैधरी,काङ्ग्रेस लुम्बिनीका सचेतक तथा सांसद जन्मजय तिमिलसिना,पुर्ब प्रदेश मन्त्री बिरबहादुर राना,पुर्व लुम्बिनी प्रदेशका यातायात मन्त्री राेज राणा, प्रदेस सांसदहरु धनेन्द्र कार्कि,प्रचण्ड बिक्रम न्याैपाने,भुबनेश्वर चाैधरी,लगाएत जिल्ला स्थित कार्यलयका प्रमुख ,राजन‌तिक दलका प्रतिनिधि संचारकर्मिहरुकाे उपस्थित रहेकाे थियाे,।
प्रा लि का अध्यक्ष सुनिल बस्नेतकाे अध्यक्षतामा सुरु।भएकाे कार्यक्रमकाे संचालन पत्रकार बिमल प्रसाद पाेख्रेल कार्यक्रममा स्वागत मन्तब्य प्रा लि का प्रबन्धक चन्द्रमान श्रेष्ठले गर्नुभएकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।