बिद्यालय शिक्षकहरुका लागि आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सचालन

बिद्यालय शिक्षकहरुका लागि आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सचालन


२०८१ जेठ २० गते
प्युठान आयुवेर्द केन्द्रको वार्सिक स्वीकृत अनुसार विधयालय शिक्षकहरुका लागि आयुबेर्द तथा योग शिक्षा सम्बन्धि कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यलय प्रमुख शिशिर पोख्रेलको अध्यक्षतामा योग समितिको सभाहल बाग्दुलामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद अर्यालले लागू औसध सेबन गर्ने महिलाको भन्दा पुरुषहरूको संख्या अत्यधिक रहेकोे बताउनु हुँदै , उहाले भन्नुभयो ,लागु औसध सेबनले ब्यक्तिगत जीवन, परिवार, सामाजिक जिबन, आर्थिक बिचलन र अकालमा मृत्यु हुने बताउनु भयो ।
जिल्ला आयुर्वेद केन्द्रका कबिराज निरीक्षक टुक बहादुर रोकाले स्वस्थकर जिबनशैली र योग शिक्षाको विषयमा शिक्षकहरुलाई जानकारी गराउदै स्वस्थ रहनका लागि रिजनल, सिजनल र अर्जिनल खाना खाने, लोभ, ईर्ष्या, शोक नलिइ खुशी भएर रमाउदै जिउन सिके स्वस्थ रहन सम्भब हुने बताउनु भयो ।

साथै रोकाले जप मन्त्र, सुर्य नमस्कारका १२ अबस्था, आसन, प्राणायाम, अनुलोमबिलोम, कपालभाती, योग सम्बन्धि प्रयोगात्मक अभ्यास मार्फत प्रशिक्षण दिनु भएको हो ।
जिल्ला आयुर्वेद केन्द्रका आयुर्वेद बैद्द निरीक्षक थानेश्वर न्यौपानेले जडिबुटि सम्बन्धि अमला, गुर्जो, पुदिना, असुरो, बेसार, अदुवा, घोडटाप्रे, घिउकुमारी, टिमुर, तुलसी, हरो, बरो, जाबुन, दालचीनी, कुबिनडो, चरी अमिलो र कोइराला कस्तो रोगीले सेबन गर्ने र सेबन गर्ने तरीकाको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा उपस्थित सहभागिहरुबाट उठेका सबालहरुको सहजीकरण टुक बहादुर राेका र डाक्टर तारा पोख्रेलले गर्नुभएको थियोे भने कार्यक्रम सन्चालन थानेश्वर न्यौपानेले गर्नु भएको थियोे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।