उद्योग बाणिज्य संघद्वारा प्युठान अस्पताललाई व्हिलचियर हस्तान्तरण ।

संघर्ष मिडिया
१५ जेठ २०८१ प्युठान


गणतन्त्र दिवसको अवसरमा प्यूठान अस्पताललाई प्यूठान उद्योग वाणिज्य संघद्वारा व्हिलचियर हस्तान्तरण ।


प्युठान उद्योग बाणिज्य संघले आज गणतन्त्र दिबसकाे अबसर पारी संबंधित बिरामिहरुलाई विभिन्न वार्डहरुमा आउन जान सहज गराउनकाे लागि जिल्ला अस्पताल प्युठानलाई व्हिलचियर हस्तान्तरण गरेकाे छ।


व्हिलचियर बुझ्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले बिपत लगाएत सामाजिक समस्याहरुमा प्युठान उद्योग बाणिज्य संघले जिल्लाका विभिन्न सरकारी गैरसरकारी संघसंस्था संग सहकार्य गर्दै सहयोग गरीरहेकाे प्रति प्रशंसा गर्दै गणतन्त्र दिबसकाे अबसर पारी बिरामिहरुलाई आवाज जावत गर्न एउटामात्रै व्हिलचियर अस्पतालमा भएकाले असहज भैरहेकाे थियाे आज आज उद्योग बाणिज्य संघले अस्पताललाई सम्झिएर अर्काे व्हिलचियर दिएकाेमा संघलाई बधाई दिदै गणतन्त्र दिबसकाे शुभकामना ब्यक्त गर्नुभएकाे छ।


व्हिलचियर हस्तान्तरण कार्यक्रममा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र पाैडेल,उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष केदारमान कक्षपति,माधब भन्डारी,निर्माण ब्यबसायि संघ का अध्यक्ष नवीन श्रेष्ठ लगाएकाे उपस्थित रहेकाे थियाे कार्यक्रमकाे सञ्चालन संघका महासचिव शन्देस आचार्यले गर्नुभएकाे थियाे ।


व्हिलचियर हस्तान्तरण कार्यक्रम काे अध्यक्षता गर्दै प्युठान उद्योग बाणिज्य संघका उपाध्यक्ष दधिराम भन्डारीले अस्पतालमा रहेका बिरामिहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै गणतन्त्र दिबस मनाउने संघ संस्थाका आ आफ्नै शैली हुन्छन “हामि ब्यबसायिकाे हकहितका लागि वकालत गर्दै संथागत बिकास संगै सामाजिक कार्यहरुमा पनि लागिरहन्छाै जहाँ समस्या पर्छ त्यहा समाधानका लागि जतिसक्दो सहयाेग गर्नेगरेका छाै” आज गणतन्त्र दिबसकाे अबसरमा अस्पतालमा तत्काल देखिएकाे समस्या व्हिलचियर रहेकाे अस्पतालले जानकारी गरायाे हामी हस्तान्तरण गर्याै भन्डारीले भन्नू भयाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।