तिनदिन देखि बिधुत अबरुद्व हुदा जनजिबन कष्टकर

तिनदिन देखि बिधुत अबरुद्व हुदा जनजिबन प्रभाबित
जेठ २१  प्युठान


लगातार  तीन दिन देखि प्युठानमा बिधुत अबरुद्ध हुदा जनजिबन प्रभावित भएकाे छ।लमही बाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाईन दाङकाे अर्जुनखोला बाट उत्तर तर्फकाे भित्रि घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाईनकाे एउटा फेज तार जेठ १९ गते बेलुकि आएकाे हावाहुरीले गर्दा तार चुडिएर भुईमा खसेकाे हुंदा बिधुत अबरुद्व भएकाे प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताउनु भयाे।
१३२ केभी को टावर को तार भएको र सो स्थान भौगोलिक रुपमा निकै कठिन रहेकाले मर्मत कार्य गर्न कठिन भएकाे हुदा बिधुत सुचारु गर्न र अझै केही समय लाग्ने विद्युत वितरण शाखा प्युठान ले जनाएकाे छ ।
झिम्रुक जलविद्युत केन्द्र र प्यूठान वितरण केन्द्रको सयुक्त टोली उक्त लाईन मर्मत कार्यमा खटिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयाे।
बिधुत नहुदा प्युठान जिल्लाभर सुचना ,संचारबाट प्रभाबित भएकाे छ।बैकल्पिक उर्जाका रुपमा प्रयाेग गरिने सरकारी तथा गैरसरकारी कार्यलयका ईन्भटर हरु पनि बन्द भई कामकाज ठप्प हुदा सेवाग्राही हरुले सास्ति खेप्नुपरेकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।