एयर डाइनेस्टीको हेलिकोप्टरमा चार चिनियाँ पर्यटक रहेको पुष्टि

संघर्ष मिडिया डेस्क

एयर डानेस्टीको हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको पुष्टि भएको छ। उनीहरू काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो।

हेलिकोप्टर उडेको केही मिनेटमै नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। स्याप्रुबेसीमा चिनियाँ पर्यटकलाई छाडेर त्यहाँ रहेका अन्य पर्यटकलाई काठमाडौं ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको थियो। उक्त हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। यात्रुहरूको विवरण भने खुलेको छैन।

क्याप्टेन र यात्रुहरूको अवस्थाका बारेमा थप विवरण आइसकेको छैन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।