कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु

संघर्ष मिडिया डेस्क

दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी ३८ वर्षीय यमबहादुर विक र १६ वर्षीय मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।

कुवा सफा गर्न कुवाभित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुरमा रहेको नेपाली सेनाको बेस क्याम्पबाट अक्सिजनसहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

बेहोस अवस्थामा अस्पतालमा ल्याइएका दुबैलाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, “सुरुमा यामबहादुर कुवामा पस्नुभएको रहेछ । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभएको र उहाँ पनि त्यही बेहोस भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका रहेछन् ।” घटना करिब बिहान नौ बजेतिरको भएको प्रहरीले जनाएको छ ।

दुवै जना बिना डोरी करिब १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुनेबित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुवै जनाको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।