आँबुखैरेनी बस दुर्घटनाका १२ जना घाइतेलाई टिचिङ अस्पताल ल्याइयो

संघर्ष मिडिया डेस्क

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो।

शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारती पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा १५ जनाको अचेत  र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उद्धार कार्य जारी रहेको अन्नपूर्णलाई जानकारी दिएका छन्। दुर्घटनाका घाइते एकजनालाई आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एकजना बालकलाई भरतपुर पठाइएको जानकारी दिए।

बसमा ४३ जना यात्रु रहेको पुष्टि भएको छ। दुर्घटनामा फेला नपरेका यात्रुहरूको खोजि जारी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।