जिल्लाकाे मुहार बदल्न यसपटक मलाई चान्स दिनुस पछुताउनु पर्दैन : पाेख्रेल

फागुन ,४ प्यूठान

प्यूठान।नेपाली काङ्ग्रेस प्यूठानका उम्मेदवार डाक्टर गाेबिन्दराज पाेख्रेलले जिल्लाकाे बिकास चाहाने भए मतदातालाई मन फेर्न भनेका छन।
आशन्न फागुन २१ गते हुने निर्वाचन का लागि घरदैलो अभियानमा ब्यस्त पाेख्रेलले भने “मतदाताहरु संग पार्टी नबदल्नुस बिकासका लागि भाेट बदल्नुस राजनीति गर्ने बिकास गर्न हाे ,जिल्लाकाे बिकास गर्नु धर्म हाे धर्म कमाउनु छ भने एक पटक मलाई चान्स दिनुस। जिल्लाकाे अन्य उमेदवार पनि राम्रा हुनुहुन्छ तर संसदमा पुगेर नितिनिर्माण बनाउने,जिल्लाकाे बिकास निर्माण गर्ने युवाहरुलाई राेजगारका लागि सीप बिकास गर्ने याेजना ,भिजन मसंग जति अरु संग छैन,। म जति याेग्य सक्षम उम्मेदवारलाई एक पटक संसदमा पठाएर हेर्नुस यस्ताे व्यक्तिलाई किन भाेट हालेछाै भन्ने म दाबाका साथ भन्छु तपाईंहरुलाई पछुताउने गराउने छैन ।”


जिल्लाकाे सरुमारानि गाउपालिका,मान्डवि गाउपालिका ,स्वर्गद्वारी नगरपालिका हुँदै नाैबहिनि गाउपालिका र गाैमुखि गाउपालिकाका बस्ति,बस्तिमा पुगेर मतदाताहरुलाई भेट्दै जिल्लाकाे मुहार बदल्ने आफ्नाे सपना पूरा गर्न र युवाहरुलाई राेजगारी संग जाेड्न सक्ने नितिनिर्माण बनाउने ठाउमा पठाउन जनताले दिने महत्त्वपूर्ण दान मतदानकाे कदर गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका पाेख्रेल छाेटाे समय आफू याेजना आयाेगका उपाध्यक्ष हुदा अर्बाै बजेट जिल्लाकाे बिकास निर्माणका राख्न पहल गरेकाे बताए।


गाैमुखि गाउपालिका वडा नम्बर १ र २ अर्खामा आयाेजित मतदाता भेटघाट कार्यक्रमकाे संबाेधन गर्दै पाेख्रेलले भने “भालुवाङ बाग्दुला भिमगिठे सडक आफुले बनाएकाे याेजना डेन्टर भएपनि बिबिधकारणकाे समस्याले गर्दा काम हुन सकेन म नीति बनाउने ठाउमा भएन मलाई नीति बनाउने ठाउमा ( संसदमा) पठाउनुस म जसरी भएनि पूरा गरेरै छाड्छु ,म कसैलाई गालि गर्दैन, सबै चाहिन्छन संबध सबैसंग हुनुपर्छ एकले अर्कालाई सहयाेग गरियाे भने मात्रै बिकास गर्न सहज हुन्छ” ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।