सहिदकाे सपना पूरा गर्नुछ: डाक्टर पाेख्रेल
प्यूठान ।
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सहितको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहिद दिवशका अबसरमा प्युठान गाजुरी स्थित सहिद पार्कमा सहिदहरुकाे शालिकमा माल्यापण गर्दै डा पाेख्रेलले ब्यबस्था परिवर्तनका लागि आफ्नाे ज्यानकाे आहुति दिने सहिदकाे सपना पूरा गर्नु अहिलेकाे मुख्य कार्यभार भएको बताउनु भएको छ ।
ब्यबस्था परिवर्तनका लागि नेपालमा २००७ साल देखि २०८२ काे नबयुवाहरुकाे आन्दाेलनका क्रममा ज्यानकाे आहुति दिने सहितहरु प्रति सम्मान गर्दै पाेख्रेलले अब ब्यबस्था परिवर्तनका लागि कुनै आन्दाेलन गर्न नपर्ने गरि नितिगत सुधार सहित बिकास र सम्बृद्दिका लागि अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।