दिर्घायु कृर्षि सहकारी ,कृर्षिमा फड्काे मार्दै दसाै साधारणसभा सम्पन्न
२०८२ पाैष ५
प्युठान । प्युठान नगरपालिका वडा नं ९ मा रहेको दीर्घायु कृषि सहकारी संस्था लिमिटेडको दशौं साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाकी सदस्य माननीय धनलक्ष्मी श्रेष्ठले सरकारले कृषिलाई बजेट विनियोजन गर्दा मात्र प्राथमिकतामा राख्ने तर योजनाहरू बनाउँदा भौतिक पूर्वाधारमा चासो दिँदा कृषकहरू पछाडि परेकाे बताउनु भयाे।

कृषकलाई समूहमा जोडेर सामूहिक रुपमा सरकारले लगानी गर्ने हो भने कृषक आफैमा आत्मनिर्भर हुनसक्छन् त्यसकाे लागि कृर्षकहरु पारिश्रमिक हुनुपर्ने उहाले बताउनु भयाे।
कृषकलाई आधुनिक उपकरणसँगै प्रविधिमैत्री बनाएर रोजगार उन्मुख बनाउन सकियो भने कृषकहरुले उत्पादन गरेको सामग्रीले राम्रो बजार पाउने , खेती गर्न छिटो छरितो हुने र आम्दानीमा वृद्धि हुने श्रेष्ठले बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि प्युठान नगरपालिका वडा नं का वडा अध्यक्ष विकास केसीले दीर्घायु कृषि सहकारी संस्थाले विसं २०७२ साल ११ महिना २ गते विधिवत रूपमा दर्ता गरी ३० जना अगुवा व्यक्तिहरुबाट सञ्चालन गरिएको कृषि सहकारी हाल १२९ जना सदस्यमा पुग्नु निकै गौरवको कुरा बताउनुभयो।
दीर्घायु कृषि सहकारीले प्युठान नगरपालिका वडा नम्बर ९ र १० का कृषकहरूलाई ऋण लेनदेन र बचत गर्ने एउटा व्यवस्था मात्र नभएर कृषकहरुलाई आम्दानी र आत्मनिर्भर बनाउनको उल्लेखनीय टेवा पुर्याएको उहाँले बताउनुभएको छ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम कार्यान्वयन इकाई प्युठानका प्रमुख चुमान सिंह गिरीले कृषिलाई यान्त्रीकरण र आधुनिककरण गराउनको लागि कार्यालयबाट हरपल सहयोग भइरहेको उहाँले बताउनुभयो ।
गिरीले कार्यालयबाट सानातिना योजनाहरू सिँचाइकुलो निर्माण पाइ वितरण मल बिउ लगायत उपकरणहरू खरिद वितरणमा उल्लेखनीय सहयोग र योगदान पुर्याएको उहाँले बताउनुभएको।
सहकारीलाई व्यवसायिक रूपमा उत्पादन गरेर अगाडि बढाउनको लागि सहकारीका सम्पूर्ण सदस्यहरु एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो।

दीर्घायु कृषि सहकारी संस्थाको भवन निर्माणको लागि संस्थाका संस्थापक सदस्य स्वर्गीय कालीबहादुर केसीको सम्झनामा कालीबहादुर केसीको धर्मपत्नी कमला केसी छोराहरू जोगेन्द्र केसी र विकास केसीले बाग्दुला मछी सडक खण्ड अन्तर्गत प्युठान नगरपालिका वडा नम्बर ९ बाजाबारी स्थित मुख्य सडकसँग सटेको जग्गा आबश्यक जग्गा उपलब्ध गराएकाे सहकारिका अध्यक्ष दिपेन्द्र के शिले बताउनु भयाे।
दीर्घायुष कृषि सहकारी संस्थाका संस्थापक शेयर सदस्य कालीबहादुर केसीको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँले देखाएको मार्गमा सधैं अगाडि हिँड्ने र उहाँका हरेक सपनाहरु पूरा गर्न सहकारी निरन्तर लाग्ने अध्यक्ष के शिले बताउनु भयाे।

कार्यक्रमको समापन गर्दै दीर्घायु कृषि सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र केसीले अब हामी सिँचाइ र उपकरणमा सहज पाइरहेका छौं अब भने हामी उत्पादनमा लाग्नुपर्छ सबैजनाले आफ्नो खेतबारीमा मौसमी बेमौसमी तरकारी लगायत अन्य खेतीहरु गरेर आर्थिक आय आर्जनमा जोडिन र त्यसरी व्यावसायिक रुपमा तरकारी लगायत अन्य खेती गर्नेहरुलाई मात्र सहकारीले ऋण लगानी गर्ने बताउनु भयाे।

जग्गा उपलब्ध गराउने स्वर्गीय कालीबहादुरको श्रीमती कमला केसी, छोराहरू जोगेन्द्र केसी र विकास केसीलाई कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथिहरूले फूल मालाले सम्मान गर्नुभएको थियो भने एक दर्जन बिधार्थिलाई शैक्षिक सामाग्री समेत सहकारीले बितरण गरेकाेहाे।
