दम्ति अधेरी सडक मन्त्री राणाद्वारा शिलान्यास

मंसिर २९ साेमबार

प्यूठान । निर्वाचनका समयमा जनतासामु व्यक्त गरिएका प्रतिबद्धताहरू क्रमशः व्यवहारमा रूपान्तरित हुँदै गएका छन्। लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री तथा कांग्रेसका युवा नेता माननीय सरोज थापा (रोज राणा) ले दम्ती–अँधेरी सडक अन्तर्गत बाग्दुला–बाहाने सडक खण्डको कालोपत्रे कार्य २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित आज सिलन्यास गर्नुभएको छ।

उक्त सडक निर्माणका लागि शहरी विकास मन्त्रालयमार्फत १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। लामो समयदेखि कच्ची अवस्थामै रहेको यो सडक कालोपत्रे भएपछि स्थानीयवासीलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।

यसअघि मन्त्री थापाकै पहलमा सडक पहुँच नपुगेको बाहाने–स्याउलीबाङ सडकका लागि ४२ करोड रुपैयाँ बजेट विनियोजन भई निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। साथै बाग्दुला–मच्छी सडकका लागि विनियोजन गरिएको ३० करोड रुपैयाँको टेण्डर प्रक्रिया समेत अघि बढिसकेको छ।

निर्वाचनका बेला गरिएका बाचाहरू योजनामा मात्र सीमित नरही कार्यान्वयनको चरणमा पुगेका छन्। विकासका स्पष्ट योजना, बजेट सुनिश्चितता र कामको गति देखिन थालेसँगै स्थानीय स्तरमा जिम्मेवार नेतृत्वको उदाहरण प्रस्तुत भएको जनप्रतिनिधि तथा स्थानीयवासीहरूले बताएका छन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।